म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरी श्रीमतीको उमेर ३५ वर्ष छ । मलाई यौनसम्पर्कमा खासै रुचि हुँदैन । यौनसम्पर्क गर्न खोज्दा लिंग उत्तेजित हुँदैन । सुरुमै यौनसम्पर्क "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरी श्रीमतीको उमेर ३५ वर्ष छ । मलाई यौनसम्पर्कमा खासै रुचि हुँदैन । यौनसम्पर्क गर्न खोज्दा लिंग उत्तेजित हुँदैन । सुरुमै यौनसम्पर्क "/>
2026-06-12
अछाम - ACM

यौनसम्पर्कमा रुचि नै नभएका कारण श्रीमतीसँग बेलाबेलामा भनाभन पनि हुने गर्छ

December 27, 2016

म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरी श्रीमतीको उमेर ३५ वर्ष छ । मलाई यौनसम्पर्कमा खासै रुचि हुँदैन । यौनसम्पर्क गर्न खोज्दा लिंग उत्तेजित हुँदैन । सुरुमै यौनसम्पर्क गर्न सक्दिनँ भन्ने लाग्छ । तर, निदाएका बेला मेरो लिंग उत्तेजित भइरहेको निद्राबाट बिउँझिँदा थाहा लाग्छ । यौनसम्पर्कमा रुचि नै नभएका कारण श्रीमतीसँग बेलाबेलामा भनाभन पनि हुने गर्छ । श्रीमती मलाई बाहिर सम्पर्क राखेको शंका गर्छिन् । तर, मलाई भित्रैदेखि यौनसम्पर्क गर्ने इच्छा हुँदैन । मानसिक समस्याका कारण पनि यौन इच्छामा कमी आउँछ भन्ने सुनेको छु । मेरो समस्या कसरी समाधान होला ? -बी.

यौन सम्बन्ध बारम्बार सन्तोषजनक नहुने वा सम्बन्धमा सहभागी हुन नसक्ने अवस्थामा प्रक्रियागत समस्या भएको हुन सक्छ । यस्ता समस्याका विभिन्न कारण हुन सक्छन् । यौन इच्छामा समस्या, यौन उत्तेजनामा समस्या, यौन चरम आनन्द नहुने समस्या वा यौनसम्बन्धित पीडा या दुखाइ । प्रश्नमा यौन इच्छा नहुने उल्लेख गरिएकाले यसै विषयमा केही चर्चा गरौँ ।

यौन इच्छा कम हुने वा पटक्कै नहुने अवस्थालाई ‘हाइपोसेक्सुआलिटी’ भनिन्छ । यो सुरुदेखि नै उपस्थित हुन सक्छ वा केही समयको सामान्यपन पछि पनि आउन सक्छ । यो समस्त यौन क्रियाकलापमा वा कुनै खास परिस्थितिमा मात्र पनि हुन सक्छ । कुनै जैविक त्रुटिबिना पनि हुन सक्छ वा विभिन्न शारीरिक एवं मानसिक रोगका कारण पनि हुन सक्छ । शरीरका विभिन्न हार्माेनको असामान्यपन, विविध रोगका औषधि जस्तैः उच्च रक्तचाप, मधुमेह तथा लागुपदार्थको खराब असर आदिका कारण पनि हुन सक्छ । डिप्रेसन, चिन्तालगायत कारणले पनि यौन इच्छा कम हुन सक्छ ।

यौन उत्तेजना नहुने समस्या महिला तथा पुरुष दुवैमा हुन सक्छ । महिलामा यौनक्रियाका बेला यौनाङ फुल्ने तथा चिप्लो हुनुपर्नेमा सुक्खा भइदिनाले यौन सम्बन्ध पीडाजनक हुने वा सम्बन्ध स्थापित नै गर्न नसक्ने हुन्छ । पुरुषमा यौनसम्पर्कदेखि यौन सन्तुष्टि बेलासम्म लिंग उत्तेजित नभइरहने समस्या हुँदा सम्बन्ध बारम्बार सन्तोषजनक नहुने वा सम्बन्धमा सहभागी हुन नसक्ने हुन्छ । यस्तो अवस्थालाई ‘इम्पोटेन्स’ भनिन्छ । लिंग उत्तेजित हुने तर सम्पर्क सुरु गर्नुअगावै वा सम्पर्क सुरु गरेलगत्तै वीर्य स्खलन भइहाल्ने अवस्थालाई शीघ्रपतन वा प्रिम्याच्युर इज्याकुलेसन भनिन्छ ।

यौन इच्छा र यौन उत्तेजनामा समस्या, यी दुवै अवस्था अधिकांशतः डर, चिन्ता, उदासीलगायत मानसिक कारणले हुने गर्छन् । निद्रामा, बिहानीपख, हस्तमैथुन वा अन्य परिस्थितिमा लिंगमा उत्तेजना आएमा मानसिक कारण नै हो भनी विश्वस्त हुन सकिन्छ ।

शारीरिक त्रुटिले यौन इच्छा वा उत्तेजनाको समस्या भएमा सम्बन्धित समस्याको उपचार गर्नुपर्ने हुन्छ । मानसिक कारण भएमा मनोचिकित्सकीय, व्यावहारिक पद्धति वा औषधि उपचार आदि एकैसाथ वा अलगअलग रूपमा गर्नुपर्ने हुन्छ । जोडीका दुवै सदस्यलाई एकैसाथ उपचार गर्दा प्रभावकारी हुन्छ । जोडीलाई एकआपसमा समस्या, आफ्ना रुचिबारे खुलेर छलफल, कुराकानी गर्न र केले बढी आनन्द प्राप्त हुन्छ भनी विभिन्न प्रयोग, आफ्ना शरीर अन्वेषण गर्न हौसला दिइन्छ । सुरुमा शरीरका संवेदनशील अंगमा केन्द्रित भई सम्पर्क बढाउँदै अन्त्यमा सफल सहवासमा टुंग्याउने तरिकालाई ‘सेन्सेट फोकस’ भनिन्छ । यसका निम्ती उनीहरूलाई यौनांगका शारीरिक संरचना विज्ञान र शारीरिक प्रणाली विज्ञानबारे सिकाउनुपर्ने हुन्छ ।

यौन उत्तेजना नहुने समस्याको उपचारका लागि मुख्य गरी सदस्यको डर चिन्ता निवारण गर्ने व्यावहारिक चिकित्सा प्रभावकारी हुन्छ । पुरुषका समस्यामा विभिन्न औषधि दक्ष चिकित्सकको सिफारिसमा प्रयोग गर्न सकिन्छ । -शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण