2026-06-25 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक समृद्धिका लागि राजनीतिक लोडसेडिङ हटाउनुपर्छ: ऊर्जामन्त्री

2016-12-27

पुस १२, काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । 

अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि आफूले सानो प्रयास थालनी गरेको र त्यसलाई सफलतामा पु¥याउन समाजका सबै तह र तप्काको उत्तिकै सहयोग जरुरी रहेको बताए । 

काठमाडौँ उपत्यकालाई मात्रै विद्युत्भार कटौतीमुक्त गर्दा त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ भन्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको जलविद्युत् क्षेत्रमा सबै नेपालीले सहज रुपमा लगानी गर्न सक्ने गरी कार्यविधि बनाइएको उल्लेख गरे । 

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा तय गरेर एकाध वर्षभित्र उल्लेख्य मात्रामा जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै बूढीगण्डकी, नलसिंहगाड, अरुण, सुनकोसीजस्ता आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको बताए । 

सामान्य रुपमा बिजुली बाल्ने मात्रै नभई आर्थिक समृद्धिका लागि विद्युत्को उपभोगसमेत बढाउनुपर्नेमा जोड दिँदै उहाँले १० हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए मुलुकको परिवर्तन गर्न कुनै पनि समस्या छैन भन्दै उहाँले त्यसका लागि राजनीतिमा जारी रहेको ‘राजनीतिक लोडसेडिङ’को समेत अन्त्य गर्नुपर्ने बताए । 

सो अवसरमा पाटन संयुक्त क्याम्पसका प्रमुख अमन श्रेष्ठले प्राज्ञिक क्षेत्रबाट जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिका लागिसहयोग गर्न आफूहरु तयार रहेको बताए । 

अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङले सरकारले योजना दिए सम्पूर्ण विद्यार्थीलाई जलविद्युत् क्षेत्रको विकासमा लगाउन आफूहरुले पहल गर्ने बताए । कार्यक्रममा गायक बाबु बोगटीले गीतमार्फत युवा तथा विद्यार्थीलाई सिर्जनशील र सक्रिय बन्न आग्रह  गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ