पुस १३, काठमाडौं । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौं । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकप"/>
2026-06-25 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस र एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा: यादव

2016-12-28

पुस १३, काठमाडौं । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाएका हुन् । उनले भने,‘अहिले काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेका छन् ।’ उनले प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको आरोप लगाए ।

अध्यक्ष यादवले भने,‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो ।’

उनले काँग्रेस र एमालेको भूमिका नै आन्दोलनका उपलब्धिहरु धरापमा पार्ने खालेको रहेको बताउँदै भने,‘काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर काँग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको ईतिहाँस छ, फेरी त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ ।’ यादवले काँग्रेस–कम्युनिष्टहरु मिलेर मुलुकलाई प्रतिगमनतर्फ लैजान लागेको समेत आरोप लगाए ।

उनले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन नगरीकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी दिए । यादवले भने,‘काँग्रेस–कम्युनिष्टहरुको बुद्धिपनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन्, अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन ? ०४७ कै संविधानलाई समातेर गर्न खोजेको हो भने त अर्कै कुरा ?’

उनले मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताउँदै भने,‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीन वटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरीकन गरिने कुनै पनि चुनाव आफूहरुलाई मान्य नहुने चेतावनी दिए । उनले अघि थपे,‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन्, एक समयमा पूर्वराजा ज्ञानेन्द्रलेपनि यस्तै चेष्टा गरेका थिए, तर हालत के भयो ? समस्या राजनीति छ अनि चुनाव गराउँछु भनेर हुन्छ ?’

उनले प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर गलत काम गरिरहेको समेत आरोप लगाए । उनले भने,‘हिजो केपी ओली आँफैले हस्ताक्षर गरेको प्रस्ताव अहिले आउँदा किन विरोध गरेको हो ? मलाई त आश्चर्य लागेको छ, हिजोको आफ्नै प्रस्तावमा आज आन्दोलन गर्नु भनेको अनौठो हो ।’

उनले एमालेका नेताहरुले पछिल्लो समय दिएका अभिव्यक्तिहरुले मुलुकको राष्ट्रिय एकता सामाजिक सद्भाव खलबलाउने भन्दै चिन्ता व्यक्त गरे । यादवले एमाले र यसका नेताहरुले दिएको अभिव्यक्तिलाई लिएर मोर्चाको घोर आपत्ति रहेको समेत बताए ।

तर प्रधानमन्त्री प्रचण्डले त चुनाव गराउने घोषणा गरिसकेका छन्, अब तपाईहरु के गर्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने,‘संविधान संशोधन नगरिकन गरिने चुनाव हाम्रो लागि मान्य छैन, यसले मुलुकलाई थप द्धन्द्धमा लैजान्छ, जनतालाई देश बचाउने बाध्यता छ, द्धन्द्धबाट बचाउने बाध्यता छ, प्रधानमन्त्रीलाई चुनाव गराउने बाध्यता ?’ उनले जबरजस्ती गरिने चुनावको मोर्चाले प्रतिकार गर्ने समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ