ताराबहादुर महत/पुस १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यकर्तालाई निःशुल्क बाँड्न लागेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत/पुस १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यकर्तालाई निःशुल्क बाँड्न लागेको"/>
2026-09-18 09:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाकोशी शेयरमाथि चलखेल नगर्न प्रधानमन्त्रीलाई सांसदको चेतावनी

ताराबहादुर महत/पुस १४, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कार्यकर्तालाई निःशुल्क बाँड्न लागेको भन्दै दोलखाका सांसदहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

स्वदेशी लगानीमा निमार्णाधिन आयोजनामा गलत हर्कत गर्न खोजे आउने परिणामको हेक्का राख्न समेत चेतावनी दिएका छन । एमाले पोलिटब्युरो सदस्य तथा सांसद पशुपति चौँलागाँई, पुर्व पर्यटन मन्त्री समेत रहनुभएका दोलखा क्षेत्र नम्बर २ का सांसद आनन्द प्रसाद पोखरेल र एमाले केन्द्रिय कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले आज काठमाण्डौंमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् । 

प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिले वर्तमान कम्पनी ऐनको प्रावधानलाई समेत कुल्चेर आम जनताको अधिकारलाई खोस्ने प्रयत्न गर्नु अदालती प्रक्रियाका लागि समेत चुनौती खडा भएको सांसदहरुको भनाई छ ।

पुर्व निर्धारित समयमा निमार्ण सम्पन्न हुन नसकेको आयोजनालाई पछिल्लो पटक तोकिएको समयमा सम्पन्न गराई देशमा व्याप्त उर्जा संकट न्युनिकरणका लागि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता सांसदहरुले आग्रह गरेका छन । दोलखाली जनतालाई दिने भनिएको १० प्रतिशत साधरण शेयर प्रति व्यक्ति ३५ कित्ता मात्र पर्ने र भुकम्पबाट आक्रान्त बनेका दोलखाली जनताले निःशुल्क शेयरको अपेक्षा गरेकोले त्यता तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको छ । 

गत कार्तिक तेश्रो साता माथिल्लो तामाकोशी आयोजनाको निरिक्षणमा आउनुभएका प्रधानमन्त्री दाहालले आयोजनालाई सरकारले दिएको ११ अर्ब ८० करोड ऋण बराबरको शेयर माओवादी पुर्व लडाकु, शहिद तथा विपन्न परिवारलाई वितरण गर्ने आश्वासन दिनुभएको थियो । 

राजधानी फर्के लगत्तै दाहालले त्यसका लागि मापदण्डको मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएको खबरहरु केहि दिनअघि विभिन्न संचार माध्यमबाट प्रकाशित तथा प्रशारित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई