Skip to content
Friday, July 17, 2026 Nepali Online Media

संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिकः नेता भट्ट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्बर प्रदेशलाई बिभाजन गर्ने प्रस्ताव संसदमा दर्ता भएको बताउनुभयो । &nbsp;उहाँले बिपक्षी दलले संसदमा छलफल गर्नु पर्नेमा उल्टै आन्दोलन गर्नु जनताको लागी दुःखद भएको बताउनुभयो । पोलिटयूरो सदस्य समेत रहेका भट्टले एक फरक प्रसङ्गमा पाँच नम्बर प्रदेशका बारेमा त्यहाँको ऐतिहासिक तथा भाषा संस्कृती, मनोबिज्ञान सबैलाई समेटेर राष्ट्रीय एकताको भावमा लैजानु पर्छ भन्ने उद्देश्यले बिभाजन गर्र्न खोजीएको बताएका छन् । नेता भट्टले स्थानीय तहको निर्वाचन राजनीतीक सहमती भएमा जुन सुकै मितीमा गर्न सम्भव भएको बताए ।&nbsp;&nbsp;&nbsp;&nbsp; </p><p style="text-align: justify; ">सेतीमहाकाली ईञ्चाज भट्टले ७ नम्बर प्रदेश टुक्र्याउने बिवादको अहिले कुनै सरोकार बिषय नभएको भन्दै अहिले पाँच नम्बर प्रदेश भित्र केहीन–केही मधेशी नेताहरुको माग सम्बोधन गर्न तिर सरकार लागि परेको बताउनु भयो । पत्रकारहरुसँगको कुराकानीमा सुदुरपश्चिम ईन्चाज समेत रहनुभएका पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री भट्टले पार्टी परित्यागको निराधार हल्ला चलेको प्रति दुखः व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनको माओवादी केन्द्र डडेल्धुराले गरेको थियो । &nbsp;सम्मेलनमा सुपका नेता खगराज भट्ट लगायतका उपस्तीथ भएपनी प्रेस सेन्टरका प्रतिनीधीहरु एक जना पनी सहभागी थिएन्न ।&nbsp;</p><div style="text-align: justify;"><br></div>