पुस १६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम"/>
2026-06-25 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विद्येयक अघि बढाईए, म विपक्षमा उभिन्छु: रायमाझी

2016-12-31

पुस १६, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा  रायमाझीले संशोधन विद्येयक कसैको पनि हितमा नरहेको दाबी गर्दै भने,‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै, र यो सिमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ ।’

उनले यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने र आफ्नो अडान आजमात्रै नभएर भोलि पनि यो विद्येयकको विरुद्धमा नै रहने जिकिर गरे।

उनले ९० प्रतिशतले जारी गरेको संविधान अहिले आएर एमालेपनि यो विद्येयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न समेत गरे। उनले भने,‘एमालेले मात्रै होईन, हामी सरकारमा भएकापनि यो प्रस्तावको विपक्षमा छौं ।’

रायमाझीले आन्दोलनकारीहरुको माँग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भिर रहेको बताउँदै भने,‘आन्दोलनकारीहरुका माँगहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ ।’ उनले अहिले सरकारले ल्याएको प्रदेशको सिमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ