पुस १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेश"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटिङ्बाट आउने परिणाम एमालेलाई स्विकार्य छ: ज्ञवाली

२०७३, १६ पुष शनिबार १०:१९

पुस १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेशको सिमांकनको विषयलाई थाँती राख्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङ्बाट आएको परिणाम स्विकार गर्न एमाले तयार रहेको खुलासा गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले प्रदेशको सिमांकन संशोधन गर्ने कुरा संघीयताको सिद्धान्त र संविधान विपरित भएको बताउँदै भने,‘प्रदेशको सिमांकन बाहेकका तीन वटा विषयमा संसदमा छलफल गर्न एमाले तयार छ, र भोटिङ्बाट आएको परिणाम एमालेले स्विकार गर्छ, तर सिमांकनको विषयमा एमालेले कम्प्रोमाईज गर्दैन् ।’ यद्धपी उनले नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संसदमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।

उनले संशोधन विद्येयकमा उल्लेख गरिएको सिमांकन हेरफेर संविधान विपरित भएकोले सरकारले प्रस्ताव लिए समस्याको समाधान हुने समेत विश्वास दिलाए ।  उनले पहाड र मधेशलाई अलग गर्ने काम कुनै हालतमा स्विकार्य नहुने बताए। ज्ञवालीले सरकारका कारण पछिल्लो समय संघीयताविरोधी जनमत बढिरहरेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

ज्ञवालीले भने,‘सबैभन्दा राम्रो उपाय भनेको यो विद्येयक फिर्ता लिनुपर्छ, किनकी विद्येयक कुनै हालतमा पारित हुँदैन् ।’ उनले सरकारलाई संशोधन विद्येयक फिर्ता लिन प्रतिष्ठाको विषय भए प्रस्ताव स्थगन् गरेर अघि बढ्नको लागि आफ्नो पार्टीले सहयोग गर्ने समेत बताए ।

उनले संशोधन विद्येयकलाई थाँती राखेर अविलम्ब निर्वाचन सम्बन्धी विद्येयकहरुलाई अघि बढाउन समेत सरकारसँग माग गरे । ज्ञवालीले अघि भने,‘प्रधानमन्त्री के गरेर बसिरहनुभएको छ, पाँच महिना वितिसक्यो खोई त निर्वाचन विद्येयक अघि बढेको ? एमालेले संसद अवरुद्ध गर्दा काम गर्न पाईएन भन्नुभएको हो भने, संशोधन विद्येयक त मंसिर १४ गते दर्ता भएको हो नि, कि प्रधानमन्त्री प्रचण्ड ब्ल्याक लेबल खाएर सुत्नुभएको छ ?’

उनले निर्वाचसम्बन्धी विद्येयकहरु फाष्ट ट्रयाकबाट भएपनि अघि बढाएर भएपनि पारित गर्दै चुनावको मिति घोषणा गरेर पूनः संविधान जारी गर्दाका शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए ।

एमालेको अवरोधको बावजुदपनि संशोधन विद्येयक अघि बढाउने भनेर सत्तारुढ दलले अभिव्यक्ति दिएको विषयलाई उल्लेख गर्दै उनले भने,‘धम्कीको भाषा नदिए हुन्छ, पेलेरै जाने कुरा नगरे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता