पुस १८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ । "/>
2026-06-25 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका सवालमा धम्की आए तत्काल सरकार छाड्नुपर्छ: बिजुक्छे

2017-01-02

पुस १८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नुपर्ने बताउनुभएको छ । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सार्वभौम सरकारले भित्री वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताउनुभयो । 

मधेसी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्ने र बाँकी रहेका स्थानमा पछि निर्वाचन गर्न सकिने बताउनुभयो । 

उहाँले संसद्मा संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसद्बाटै निर्वाचनसम्बन्धी विधेयक पास गरी तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताउनुभयो । 

निर्वाचनअघि नै सत्ता समीकरण बदल्न सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै नेता बिजुक्छेले माओवादीकै कारण एमाले र काँग्रेसको समीकरणमा नयाँ सरकार बन्ने टिप्पणी गर्नुभयो । 

उहाँले अङ्गीकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिकसरह अधिकार दिने चलखेल हुँदैछ, दक्षिणतर्फका लागि मात्र नभएर उत्तरतर्फकाले समेत यो अधिकार मागे नेपालीभन्दा विदेशी जनसङ्ख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दाबी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ