Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष २० गते, बिहान ८:१९ बजे राजनीति, रामेछाप - RMC

तिफदीको सम्झना गर्दै रामेछापमा २० औं बेथान वीरता स्मृति दिवस मनाईयाे

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पाैष २०, रामेछाप ।

रामेछापमा दुई माअाेवादीले छुट्टाछुट्टै कार्यक्रम गरि  २० औं बेथान वीरता स्मृति दिवस मनाएकाे छ । शान्ति प्रकृयापछि विभिन्न समयमा विभाजित भएका नेकपा माअाेवादी केन्द्र र  विप्लव नेतृत्वकाे नेकपा माअाेवादी छुट्टाछुट्टै कार्यक्रमकाे अायाेजना गरेका हुन् । रामेछापको बेथानस्थित तिफदी स्मारकमा नेकपा माओवादी केन्द्र बेथान गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले सहिदले देखाएको सपना पूरा गर्न अझै निरन्तर लागि परिरहेकाे बताउनु भएकाे छ । उहाँले उत्पीडित,विपन्न, दलित जनताका अार्थिक,सामाजिक विकासका निम्ति सदैव अघिबढि रहने धारणा राख्नुभयाे ।

माअाेवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले जिल्लाको विकास निर्माण, सडकहरुको स्तरउन्नती र कालोपत्रेको लागि पनि बजेट बृद्धि गर्नको लागि आफू लागि परेको बताउनुभयो । श्रेष्ठले भन्नुभयाे -" संविधानको कार्यान्वयनको लागी २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने  बाध्यता छ तर एमालेले निरन्तर संसद अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचनको मिति घाेषणा गर्न सकेकाे छैन ।"

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता धावा लामा, पूर्व सभासद डिल्लीमान तामाङ लगाएतका नेताले सम्बोधन गर्नुभएको थियो ।

यता माओबादीबाट अलग भएको बिप्लप नेतृत्वको नेकपा माओबादीले रामेछाप सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरेर बेथान बिरता दिवस मनाएको छ । ताम्सालिङ ब्युरो सदस्य सरद रसाईलिको प्रमुख आतिथ्यता एंव जिल्ला सेक्रेटरी सन्तोष कोइरालाको अध्यक्षता भएकाे साे कार्यक्रममा सामना संस्कृतीक परिवारको सांगतिक प्रस्तुति राखिएकाे थियाे । कार्यक्रममा पार्टीको रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्धको सहीदहरु तिफदीले देखाएको बाटोमा देश नगई बिदेशि शक्तिहरुको योजनामा देश फसिरहेको बताएका थिए । उनीहरूले अाफ्नाे पार्टी शहिदले देखाएको बाटोमा निरन्तर लागिरहने बताएका छन ।

२०५३ साल पुस १९ गते राती माओवादीले बेथानको पानीघाटमा रहेकाे प्रहरी चौकी आक्रमणको गरेकाे थियाे । साेहि क्रममा तत्कालीन माओवादीबाट तिर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया बम्जन तामाङले ज्यान गुमाएका थिए । माओवादीले बेथान चौकी कब्जा गरेर ल्याएको हतियार जनयुद्ध ठुलाे सहयाेग पुगेकाे थियाे । ज्यान गुमाएका तिनै सहिदकाे नामबाट रामेछाप जिल्लामा अहिले रेडियाे तिफदी समेत संचालनमा रहेकाे छ ।