२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तिफदीको सम्झना गर्दै रामेछापमा २० औं बेथान वीरता स्मृति दिवस मनाईयाे

२० पुष २०७३, बुधबार ०२:३४

पाैष २०, रामेछाप ।

रामेछापमा दुई माअाेवादीले छुट्टाछुट्टै कार्यक्रम गरि  २० औं बेथान वीरता स्मृति दिवस मनाएकाे छ । शान्ति प्रकृयापछि विभिन्न समयमा विभाजित भएका नेकपा माअाेवादी केन्द्र र  विप्लव नेतृत्वकाे नेकपा माअाेवादी छुट्टाछुट्टै कार्यक्रमकाे अायाेजना गरेका हुन् । रामेछापको बेथानस्थित तिफदी स्मारकमा नेकपा माओवादी केन्द्र बेथान गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले सहिदले देखाएको सपना पूरा गर्न अझै निरन्तर लागि परिरहेकाे बताउनु भएकाे छ । उहाँले उत्पीडित,विपन्न, दलित जनताका अार्थिक,सामाजिक विकासका निम्ति सदैव अघिबढि रहने धारणा राख्नुभयाे ।

 माअाेवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले जिल्लाको विकास निर्माण, सडकहरुको स्तरउन्नती र कालोपत्रेको लागि पनि बजेट बृद्धि गर्नको लागि आफू लागि परेको बताउनुभयो । श्रेष्ठले भन्नुभयाे -" संविधानको कार्यान्वयनको लागी २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने  बाध्यता छ तर एमालेले निरन्तर संसद अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचनको मिति घाेषणा गर्न सकेकाे छैन ।" 

 कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता धावा लामा, पूर्व सभासद डिल्लीमान तामाङ लगाएतका नेताले सम्बोधन गर्नुभएको थियो ।

यता माओबादीबाट अलग भएको बिप्लप नेतृत्वको नेकपा माओबादीले रामेछाप सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरेर बेथान बिरता दिवस मनाएको छ । ताम्सालिङ ब्युरो सदस्य सरद रसाईलिको प्रमुख आतिथ्यता एंव जिल्ला सेक्रेटरी सन्तोष कोइरालाको अध्यक्षता भएकाे साे कार्यक्रममा सामना संस्कृतीक परिवारको सांगतिक प्रस्तुति राखिएकाे थियाे । कार्यक्रममा पार्टीको रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्धको सहीदहरु तिफदीले देखाएको बाटोमा देश नगई बिदेशि शक्तिहरुको योजनामा देश फसिरहेको बताएका थिए । उनीहरूले अाफ्नाे पार्टी शहिदले देखाएको बाटोमा निरन्तर लागिरहने बताएका छन ।

२०५३ साल पुस १९ गते राती माओवादीले बेथानको पानीघाटमा रहेकाे प्रहरी चौकी आक्रमणको गरेकाे थियाे । साेहि क्रममा तत्कालीन माओवादीबाट तिर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया बम्जन तामाङले ज्यान गुमाएका थिए । माओवादीले बेथान चौकी कब्जा गरेर ल्याएको हतियार जनयुद्ध ठुलाे सहयाेग पुगेकाे थियाे । ज्यान गुमाएका तिनै सहिदकाे नामबाट रामेछाप जिल्लामा अहिले रेडियाे तिफदी समेत संचालनमा रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै