पुस २२, रोल्पा । नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, रोल्पा । नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिबाङ नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न

२०७३, २२ पुष शुक्रबार ०६:४९


पुस २२, रोल्पा । नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताएका हुन् ।

विहिबार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिए ।

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीका बीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए ।

नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर केसीले आव २०७२/०७३ को यथार्थ आय चार करोड १३ लाख ९४ हजार २ सय ४६ तथा व्यय तीन करोड ९२ लाख तीन हजार ९ सय ८३ रुपैयाँ रहेको जानकारी दिए ।

केसीले २०७३/०७४ को संशोधित चालु तथा पुँजीगततर्फ आय नौ करोड ४४ लाख ४४ हजार र व्ययतर्फ नौ करोड ४४ लाख ४४ हजार रुपैयाँ रहेको जानकारी दिए ।

यस्तै, उनले आव २०७४/०७५ को चालु तथा पुँजीगततर्फ प्रस्तावित बजेट आय पाँच करोड ५४ लाख ७५ हजार र व्ययतर्फ आठ करोड ४६ लाख ३५ हजार विनियोजन प्रस्तुत गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस