२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण प्रकृया सुस्तायो

२०७३, २४ पुष आईतवार १२:०८

दिनेश ठकुल्ला । पुस २४, धनगढी | नेपाल सरकारले उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तरगत निर्माण गर्ने भनेको धनगढी–अत्तरिया ६ लेन सडकको आयोजना निर्माणको प्रकृया अगाडि बढ्न सकेको छैन । डेढ साताभित्रै आयोजना निर्माणको टेण्डर हुने भन्दै मंसिर ३० गते धनगढीमा आयोजना कार्यालय स्थापना गरिएको थियो । 

आयोजनाको कार्यालय उद्घघाटन गर्दै भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले आयोजनाको स्टीमेट तथा बजेटको व्यवस्था भइसकेकोले डेढ साताभित्र टेण्डर हुने बताएका थिए । तर, आयोजनाका लागि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत नै नभएको बताइएको  छ । 

अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनुअघि नै आयोजना कार्यालय उद्घाटन गरिएको उल्लेख गर्दै निर्देशनालय श्रोतले टेण्डर गर्न अझै केही दिन लाग्ने बताएको छ । आयोजना प्रमुख नविनमान श्रेष्ठले आयोजनाका लागि अर्थ मन्त्रालयले छिट्टै बजेट स्वीकृत गर्ने जानकारी आएको बताउनुभयो ।

‘कन्सलटेन्सी’मार्फत गरिएको प्रारम्भीक ‘स्टीमेट’मा आयोजना निर्माणमा मुआब्जा र पुलबाहेक २ अर्ब १५ करोड भन्दा बढी रुपैया लाग्ने देखिएको उहाले बताउनुभयो । उनले बजेट स्वीकृत तथा आयोजनाको स्टीमेट पुनरावलोकन हुन बाँकी रहेकाले टेण्डर गर्न अझै केही दिन लाग्ने बताउनुभयो ।

‘स्टीमेट ‘रिभ्यु’को काम भईरहेको छ । रिभ्युमै केही दिन अझै लाग्छ ।’ उहाले भन्नुभयो–‘सबै प्रकृया पुगेपछि टेण्डर हुन्छ । कम्तीमा एक हप्ता लाग्छ ।’ यसअघि कार्यालय उद्घाटनका क्रममा आयोजना प्रमुख श्रेष्ठले रिभ्युको काम २÷३ दिनभित्रै सकिने र एक साताभित्रै टेण्डर गरिने दावी गरेका थिए । 

सार्जजनिक खरिद सम्बन्धी नयाँ ऐन हालैमात्र आएकोले टेण्डर विद्युतिय प्रणालीमार्फत गर्ने वा यसअघिकै प्रकृयामा गर्ने भन्ने टुंगो लाग्न पनि बाँकी रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।  सार्वजनिक खरिद ऐनका कारण पनि आयोजनामा ढिलाई भएको बताउनुभयो । 

मोहना पुल–अत्तरिया ६ लेन सडक योजना नाम दिइएको उक्त योजनामा एक जना योजना प्रमुखबाहेक अन्य कर्मचारीको नियुक्ति हुन सकेको छैन । २ जना इन्जियिनर, २ जना ओभरसियर र अन्य प्रशासनिक कर्मचारीको दरबन्दी कायम गरिएको बताइएको छ ।

मन्त्री लेखक स्थानीय विकास मन्त्रालयका सचिव धनबहादुर तामाङसहित मन्त्रालयका अधिकारीहरु सहित आयोजना कार्यालय उद्घाटनका लागि यहाँ आएका थिए । भन्सार रोडको मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव १७ किलोमिटर लामो ६ लेन सडक निर्माण गर्ने योजना हो ।

३२ दशमलव २ मिटर चौडा रहने भनिएको उक्त सडकको दुवै साईडतिर ३÷३ मिटर फुटपाथ रहने बताइएको छ । ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सडक योजनाको ‘डिजाईन’मा उल्लेख छ । ६ लेन सडकभित्र तीन वटा  पुल बनाइने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।  

त्रिनगर नाकाको मोहना पुल तथा गेटामा मनहरा खोला र सुनिखोलामा पुल निर्माण गरिने उनले बतँए । पुलको लागत स्टीमेट तयार पार्ने काम भईरहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि अधिग्रहण हुने जग्गा, विद्युत, टेलिफोनका पोल आदिबारे अध्ययन हुन बाँकी छ ।

धनगढी–अत्तरिया ६ लेनको सडक निर्माणले यहाँको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । भारतीय सीमासंग जोडिएको रणनीतिक महत्वको सडक भएकाले निर्माणका लागि आवश्यक प्रकृया दु्रत गतिमा अगाडि बढाइनु पर्ने माग यहाँका स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी