पुस २४, काठमाडौँ | संविधान संशोधन विधेयकको कार्यसूचीमा संसद बैठक प्रवेश गर्नासाथ एमालेसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची अघि बढाएपछि विपक्षी सांसदहरुले नाराबाजीसमेत गरेका थिए । बैठकमा कानूनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका हुन् ।
स्थानीय निकायको निर्वाचन विधेयक पनि संसदमा टेबल भएको छ । संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।