पुस २५, इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्  ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्  । 
2026-06-26 12:49 AM
काठमाडौँ - KTM

झुक्याएर संशोधन प्रस्ताव टेबुल गरियो: नेपाल

2017-01-09

पुस २५, इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन्  । 

प्रेस चौतारी सुनसरीले इटहरीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’’ 

उनले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गर्ने काम गरेको आरोप लगाए । 

उनले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिमा संलग्न नेताहरुले गल्ती भएको स्वीकार गरेको तथ्यले पनि नेताहरुप्रति जनतामा अविश्वास बढ्न थालेको बताए । 

वरिष्ठ नेता नेपालले अन्य छिमेकी मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था निकै जटिल र कडा भएको उल्लेख गर्दै नेपालमा भने- जसले जे चाह्यो त्यही अनुकूल सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्ने गरी संविधानमा उल्लेख गर्न पाउनुपर्छ भन्ने सवाललाई स्वीकार्न गर्न सकिँदैन',। 

संविधानका सफल कार्यान्वयनसँगै देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न तथा यसको कार्यान्वयन गराउन लाग्नुपर्नेमा वर्तमान सरकार यो वा त्यो बहाना बनाएर निर्वाचनको मिति तोक्नसमेत हिच्किचाइरहेको टिप्पणी गरे । 

उनले केही नेताहरुले मधेसको नाममा गरेको राजनीतिकै कारणले चुनाव हुन सक्दैन भन्ने भ्रम रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ