2026-09-19 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निर्वाचन केन्द्रित अभियानमा जुट्न अध्यक्ष सापकोटाको आग्रह

कृष्ण कँडेल | पुस २५, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कमिटिको बैठक, सम्मान तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले पार्टि संगठन सुदृढिकरण गर्दै निर्वाचन केन्द्रित अभियानमा जुट्न स्थानिय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । 

उहाँले पार्टिले स्थानिय बिकास निर्माण लगायतका क्षेत्रमा नागरिकका समस्या र अबश्यकता पहिचान गरि समाधन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष सापकोटाले पार्टिले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनताको पक्षमा ल्याएको निती कार्यक्रम र बजेटको बारेमा प्रष्ट पार्दै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो । 

पहाड र तराईलाई छुट्याउने गरि ल्यार्ईको संविधान संसोधन विधेयकले अन्तत मुलुकलाई विखण्डन तर्फ लैजाने सापकोटाले दाबि गर्नुभएको छ । 

कार्यक्रममा निबर्तमान जिल्ला सचिवालय सदस्यहरु टंक पौडेल र दलबहादुर घर्ति, जिल्ला सदस्यहरु केसर छन्त्याल, रुद्र पौडेल र रितुबर्ण पौडेलले मन्तव्य राख्नुभएको छ । 

सो अबसरमा नेकपा एमालेको आठौँ जिल्ला अधिबेशनमा अधिकारीचौर गाविसबाट जिल्ला सदस्यमा निर्वाचित लक्षण पुन, करमती घर्ती पुन र रितुबर्ण पौडेललाई सम्मान पत्र सहित बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । 

अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, तथा सदस्यहरु केशर छन्त्याल र रुद्र पौडेललाई पनि अबिर तथा मालाले सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष सापकोटाले राष्ट्रिय राजनिति, आफु नेतृत्वको जिल्ला कमिटिले गर्ने काम तथा योजनाको बारेमा प्रशिक्षण गर्नुएको थियो । 

कार्यक्रम गाउँ कमिटि अध्यक्ष सुनिलकुमार घर्तीको अध्यक्षता र सचिव प्रेमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई