सिता महता । पुष २५ डडेल्धुरा । डडेल्धुराका विभीन्न स्थानमा सञ्चालीत अनेरास्ववियूको संगठ"/>
सिता महता । पुष २५ डडेल्धुरा । डडेल्धुराका विभीन्न स्थानमा सञ्चालीत अनेरास्ववियूको संगठ"/>
सिता महता । पुष २५ डडेल्धुरा । डडेल्धुराका विभीन्न स्थानमा सञ्चालीत अनेरास्ववियूको संगठन बिस्तार अभियान तथा पशुराम नगरपालीकाको नगर सम्मेलन सम्पन्न भएको छ । जिल्लाका प्रत्येक माबि र उमाबिहरुमा बिद्यालय स्तर कमिटी गर्ने, बिद्यार्थीका हक अधिकारहरुलाई सुनीस्ति गर्न उत्पे्रणा दिने, लगायका उद्देश्ले सञ्चालीत अभियान सम्पन्न भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनीयनले जिल्लाको भित्री मदेश क्षेत्रमा पर्ने पशुराम नगरपालीकाको प्रथम नगर सम्मेलन समेत सम्पन्न गरेको अनेरास्ववियू जिल्ला उपाध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिएका छन् । जिल्लाभरका ४३ प्रतिशतलाई अनेरास्ववियूको सदस्यता प्रदान गर्नु सफल भएको जनाएको छ ।
यस्तै पशुराम नगरपालीकाको प्रथम सम्मेलन पनी सम्पन्न भएको छ । सम्मेलनले गोपाल धामीको अध्यक्षतामा २५ सदस्यीय नगरकमिटी गठन गरेको संगठन बिभाग प्रमुख बिजय महताले बताएका छन् । सम्मेलनका प्रमुख अतिथि चर्चित विद्यार्थी नेता अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली र बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष डा.तारा जोशी रहनु हुने जानकारी दिएका छन ।