पुस २६, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् युवा संघ केन्द्रीय सदस्यलार्इ खुकुरी हान्ने लक्ष्मण मल्ल

२६ पुष २०७३, मंगलवार ११:२२


पुस २६, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।

गत पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युतरोड नजिकै रहेको वेलकम कटेजमा युवा संघका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गरी मल्ल फरार भएका थिए ।

फरार मल्ललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ‘खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।’ प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने – ‘घाइतेसँग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।’ घटना भएको १० दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

‘घटनापछि १७ गते मुख्य आरोपी मल्ल भाग्न प्रयोग गरिएको अनटेष्ट सुजुकी जिक्सर बाइक र २१ गते घटनामा प्रयोग भएको खुकुरी महादेवपुरी–५ ढकेरीमा बरामत भयो ।’, काफ्लले भने– ‘सोही दिन आरोपी फरार भएको बा१४च ४७९ नं को कार पनि बरामत भएकाले फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

खुकुरी प्रहारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या