पुस २६, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् युवा संघ केन्द्रीय सदस्यलार्इ खुकुरी हान्ने लक्ष्मण मल्ल

२०७३, २६ पुष मंगलवार ११:२२


पुस २६, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।

गत पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युतरोड नजिकै रहेको वेलकम कटेजमा युवा संघका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गरी मल्ल फरार भएका थिए ।

फरार मल्ललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ‘खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।’ प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने – ‘घाइतेसँग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।’ घटना भएको १० दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

‘घटनापछि १७ गते मुख्य आरोपी मल्ल भाग्न प्रयोग गरिएको अनटेष्ट सुजुकी जिक्सर बाइक र २१ गते घटनामा प्रयोग भएको खुकुरी महादेवपुरी–५ ढकेरीमा बरामत भयो ।’, काफ्लले भने– ‘सोही दिन आरोपी फरार भएको बा१४च ४७९ नं को कार पनि बरामत भएकाले फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

खुकुरी प्रहारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ