पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खप्तड गोल्डकप २०७३: मनाङ मस्याङ्दी सेमिफाईनलमा प्रवेश

२६ पुष २०७३, मंगलवार ११:५८


पुस २६, धनगढी | ए डिभिजन क्लव मनाङ मस्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा भुटानको डुकस्टार फुटवल क्लवलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । 

वाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङले पहिलो हाफमा वरावरी खेलेको थियो । दोस्रो हाफमा उसले दुवै गोल गरेको हो । दोस्रो हाफको ५१ औं मिनेटमा विदेशी खेलाडी जर्सी नम्वर ९९ का ओलावा ओफिजले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । डिवक्सवाट उनले गरेको कडा प्रहारलाई डुकस्टारका गोलरक्षकले रोक्ने मौका समेत पाएनन् । 

दोस्रो हाफको ८९ औं मिनेटमा जर्सी नम्वर ७ का सुसिल लामाले गोल गर्दै मनाङको जित सुनिश्चित पारे । राम्रो प्रदर्शन गर्न सफल भएपनि डुकस्टारले गोल गर्न नसक्दा खेल गुमाए पनि दर्शकको मन जित्न सफल भएको छ । 

जितपछि प्रतिक्रिया दिदै मनाङका कप्तान अनिल गुरुङले सुरुवाती खेलमा सधैं राम्रो खेल्न नसकेको भन्दै अवका खेलहरुमा प्रदर्शन सुधार हुँदै जाने वताउनुभयो । 

मनाङकै प्रशिक्षक छिरिङ लोप्चन गुरुङले विपक्षी टीमले राम्रो खेलेकोमा प्रशंशा गर्दै दोस्रो हाफमा राम्रो खेलेका कारण जित सम्भव भएको वताउनुभयो । 

डुकस्टारका सहायक प्रशिक्षक टसी डेन्डुकले विपक्षी टीम वढी अनुभवी भएका कारण आफ्ना कम उमेरका खेलाडीहरुले जित्न नसके पनि राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

डुकस्टारका कप्तान टङडीन दोर्जेओले आफ्ना खेलाडीहरुले अनुभव वटुल्न पाएको भन्दै मनाङको खेल हेरीसकेकोले उनीहरुसँग कम गोल खाने रणनिति अनुसार खेलेको वताउनुभयो । 

भागेश्वर गुप्रको मुख्य प्रायोजनमा भईरहेको गोल्डकपको वुधवार अन्तिम क्वाटरफाईनलमा नेपाल आर्मी क्लव र संकटा क्लव प्रतिस्पर्धा गर्नेछन । मनाङसँगै भारतको दिल्ली युनाईटेड र आयोजक सुदुरपश्चिम ११ यस अघि नै सेमिफाईनल पुगिसकेका छन ।

 

सेमीफाईनलमा मनाङले दिल्ली युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदुरपश्चिम ११ ले भने सेमिफाईनलमा नेपाल आर्मी र संकटाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

पुस २१ गतेदेखि भईरहेको प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले दुई लाख ५१ हजार नगद पाउनेछन । माघ १ गतेसम्म चल्ने प्रतियोगिताकाmे उत्कृष्ट खेलाडीले मोटर साईकल उपहार पाउने आयोजकले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ