कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

का"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह

२६ पुष २०७३, मंगलवार १४:२०


कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित मुद्धा माओवादी पार्टिको भएको बताउनुभएको छ । 

उहाँले नेतृत्वमा पछि परेका पहिला, दलित तथा जनजातीलाई राष्ट्रिय राजनितिको केन्द्रमा पु¥याउन आरक्षणको मुद्धा माओवादीले नै स्थापित गरेको भन्दै महिला राष्ट्रपति देखि राज्यका रहेक निकायमा पछाडि परेको समुदाय आउनु सुखद् कुरा भएको बताउनुभयो । 

उहाँले परिबर्तनका मुद्धाहरु माओवादीले उठान गरेको कुरा सम्पुर्ण नागरिकलाई बुझाउँदै निर्वाचन केन्द्रित योजना सहित टोलटोलमा पुग्न नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य तथा पश्चिम कमाण्ड ईन्चार्ज ज्ञामनाथ गैरे अनिल, माहाधिबेशन आयोजक समिति सदस्यहरु प्रकाश घर्ती, राजिब घिमिर, चन्द्रबहादुर थापा शिखर, अखिल नेपाल महिला संगठनका केन्द्रिय सचिव भविकला रोका, वाईसिएल जिल्ला संयोजक नरेश केसी र दलित मुक्तिमोर्चाका केन्द्रि सदस्य कुविर विश्वकर्माले आफ्नो धारण सहितको प्रशिक्षण मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेलले पार्टि केन्द्रिय समिति र जिल्ला समितिको परिपत्र बाचन गरेर सुनाउनु भएको थियो । 

बैठकले २ नम्बर एरिया अन्तरगतका गाविसमा सम्मेलन गर्नका लागि संयोजक तोकेको एरिया ईन्चार्ज राजेन्द्र कुँवरले जानकारी दिनुभयो । बुर्तिबाङ गाविसको संयोजकमा वीरबहादुर घर्ती, राजकुतको संयोजकमा कृष्ण पुन, अधिकारीचौरको संयोजकमा नरबहादुर विश्वकर्मा र बोबाङकोे संयोजकमा लिङ्कन घर्ती तथा सहसंयोजकमा होमलाल भुषाललाई जिम्मेवारी तोकेको छ । खुङ्गाको संयोजक भने पछि तोकिने माओवादीले जनाएको छ । 

एरिया भित्र विभिन्न जनबर्गिय संगठनको पनि संयोजक तोकिएको छ । महिलाको जिम्मेवारी कमाला अर्याल, दलितको लोकबहादुर विक, युवाको रेशम पुन, मगरको लिङ्कन घर्ती र शिक्षकको जिम्मेवारी नगेन्द्र खरेललाई दिर्ईको छ ।  

कार्यक्रम एरिया ईन्चार्ज राजेन्द्र कुँवरको अध्यक्षता, संयोजक भिम गौतमको स्वागत र सहईन्चार्ज चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम भोली माओवादीको एरिया नम्बर–१ मा पर्ने प्रश्तावित निसीखोला गाउँपालिकाको बोहरागाउँमा हुने माओवादीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह