पुस २७, काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एक लाख बाँड्न डेढ लाखको हेलिकप्टर प्रयोग गर्ने मन्त्री

२०७३, २७ पुष बुधबार ०२:०५

पुस २७, काठमाडौं । ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् । 

मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेष्ट टेक्निसियन्स् एशोसिएशन अफ नेपाल (नेफ्टा) का महासचिव प्रेम सापकोटालगायत शाहीका परिवारलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकोप्टर लिएर मंगलवार जाजरकोटको दसेरा गाविस–८ गएका हुन् ।

विहान करिब ९ बजे सेनाको पाँच सिटे हेलिकोप्टर लिएर गएको मन्त्री भण्डारीको टोली साँझ पौने पाँच बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकोप्टर प्रयोगमा डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो ।

मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्यलगायतको टोलीले मंगलवार मृतक शाहीका परिवार वसोवास गरेको जाजरकोट पुगेर संवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

महानिर्देशक आचार्यले सेनालाई आग्रह गरिए अनुसार हेलिकोप्टर उपलव्ध भएको र परिवारलाई समवेदना एवं सहयोग रकम दिएर काठमाडौं फर्किएको बताए । आचार्यका अनुसार मन्त्री भण्डारीले आफ्नै तलबबाट एक लाख रुपैयाँ परिवारलाई उपलव्ध गराएका हुन् ।  -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ