सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ ।
यो वर्ष रसुवाको"/>
यो वर्ष रसुवाको"/>
सैलेश लोप्चन | पुस २७, काठमाडौ | रसुवाको बेत्रावाती र नुवाकोटको तरुकामा प्रत्येक वर्ष हुने गोरुजुधाइ कार्यक्रम यो वर्ष पनि हुने भएको छ ।
यो वर्ष रसुवाको बेत्रावातीमा १० हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाइको लागी छानिएको गोरुजुधाइ कार्यक्रमका आयोजकले जानकारी दिएको छ ।
मंगलबार नेपाल पर्यटन बोर्ड काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको सम्पुर्ण तयारी सकिएको रसुवा, नुवाकोट पर्यटन समाजद्दारा जानकारी दिएको छ । यो गोरु जुधाइ कार्यक्रम रसुवाको बेत्रावातीमा नेपाल-चीन सन्धिको खुसियालीमा वि.स.१९४८ बाट सुरु भएको पाइन्छ । तर नुवाकोटमा भने बझाङी राजा जय पृथ्वी बहादुर सिंह मामा घर आउँदा भान्जालाई खुसी पार्न वि. स. १९८७ बाट सुरु गरिएको बताउँछन् । उक्त गोरु जुधाइ कार्यक्रममा बिजेता गोरुलाई नगद पुरस्कारको ब्यवस्था रहेको जनाएको छ । उक्त पुरस्कार राशी ३ हजार भन्दा माथी हुने पत्रकार सम्मेलनमा जनाएको छ । उक्त कार्यक्रममा जानकारी दिदै रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, महासचिव शिव अधिकारी लगायतका पदाधिकारीले उक्त गोरुजुधाइ कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र यसको महत्वको बारेमा बिस्तृत जानकारी दिएको थियो ।
उक्त कार्यक्रमलाई थप प्रष्ट पर्न अघिल्लो वर्षहरुमा भएको गोरुजुधाइको डकुमेन्ट्री तथा अन्य संस्कृतिक विविधतालाई समेत प्रस्तुत गरिएको थियो । साथै रसुवा-नुवाकोट पर्यटन समाजको सल्लाहकार तथा पर्यटन व्यावसाय दिपक महतले यो पर्वलाई व्यवस्थापन गर्दै वैदेशिक पर्यटनलाई समेत प्रबर्द्धन गर्नु पर्ने बताएका थिए । पर्यटन बोर्डका एक अधिकारीले बोल्दै यस्तो पर्व तथा मेलाले अन्तरिक पर्यटकलाई चलायमान बनाएर आर्थिक रुपान्तरणलाई मजबुत बनाउन सकिने बताएका थियो । यो गोरु जुधाइ कार्यक्रमको लागी सरकारले प्रोत्साहन स्वरुप २/२ लाख र १ लाख रुपयाँ आवस्यक पुर्वाधारका लागी भन्दै रु ५ लाख दिएको जानकारी गराएका थियो ।
नोट: काठमाडौबाट प्रचारप्रसारको लागी कुनै मिडियाका पत्रकार मित्रहरु जानुहुनेभए निशुल्क बसको ब्यबस्था समेत रहेको छ।