पुस २७, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २७, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्त"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्ति चित्र अनावरण

२०७३, २७ पुष बुधबार ०८:२४


पुस २७, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्रस्थापना गरिएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्रएक देशभक्तनागरिकका हैसियतले नेपाली सेनाका प्रधानसेनापति महारथीश्री राजेन्द्र क्षेत्रीज्यूले आज अनावरण गर्नुभएको हो । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्ति चित्र निर्माण गरिएको हो । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएकोछ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षश्री चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक मेहनत र निरन्तरको परिश्रमपछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गर्नुभयो । 


पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा उहाको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्ति चित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ढकालले चन्द्रागिरि हिल्स लिमिटेड सम्पूर्ण पर्यटककहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिनुभयो ।

चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रम गर्दा सतीदेवीको भाल अर्थात निधार पतन भएर भालेश्वर महादेव उत्पति भएको भन्ने कुरा स्वस्तानी कथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ