पढ्न करिब 1 मिनेट लाग्छ

मोहम्मद ईजहार शेष | पुस २७, परासी | नेपाली कांग्रेसका केन्दिय सदस्य देवेन्द्रराज कण्डेलले संग्ठन निर्माणका लागि हरेक कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताउनु भएको छ ।

नवलपरासीको सुक्रौली गाविसमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कण्डेलले यस्तो बताउनु भएको हो । सुक्रौली गाविसका ईकाईल सभापति घन्श्याम मल्लाको सभापतित्व तथा केन्द्रिय सदस्य कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले देशका हरेक वर्गका जनताको हितका लागि कांग्रेसले काम गरिरहकोमा जोड दिएका थिए । कार्यक्रममा बिशिशट अतिथि नेपलाी कांग्रेस जिल्ला कार्य समिति नवलपरासीका सचिव बिक्रम यादव , क्षेत्र नम्बर ४ का सभापति नरेन्द्र कुमार गुप्ताले क्षेत्र नम्बर ४ लाई कांग्रेसमय बनाउन आफनो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

कार्यक्रममा पुर्व जिल्ला सदस्य भगवान चौधरी , रामशुभद गुप्ता , ईकाई सभापतिहरु धुर्व नरायण चौधरी , बबुल्लाह धुनिया , सुक्रौलीका उपसभापति रुदल कुर्मि लगायतले आ आफना् धारणा राख्नु भएको क्षेत्र नम्बर ४ का सभापति नरेन्द्र कुमार गुप्ताले बताउनु भयो ।