2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कैलालीमा पनि मनाईयो

दिनेश ठकुल्ला । पुस २७, धनगढी | सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा २ सय ९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कैलालीमा पनि मनाईएको छ । 

पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस मनाईएको हो । शाहको तस्वीरमा माल्यापर्ण गर्दै आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना गरिएको छ । उनीहरुले विदेशी देशका राष्ट प्रमुख तथा क्रिश्चियन धर्मको अवसरमा सरकारी विदा दिने सरकारले आधुनिक नेपालका निर्माता शाहको जन्मजयन्तीको अवसरमा सरकारी विदा नदिईएका भन्दै कञ्चनपुरको पुनर्वासका भद्र कृष्णा मल्लले सरकारको आलोचना गर्नुभयो । आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा उहाले गर्नुभयो  । हरेक हिन्दुहरुले आफना मृत आमाबुबालाई वर्षको एक पटक सम्झिएझै राष्ट निर्माता पृथ्वीनारायण शाहलाई वर्षको एक पटक सम्झनुपर्ने राप्रपा कैलालीद्धारा आयोजना गरिएको माल्यापर्ण कार्यक्रममा सहभागिहरुको भनाई रहेको छ । शाहले टुक्राटुक्रामा विभाजित नेपाललाई एक टुक्रा नबनाएको भए अहिले नेपाली भनेर स्वतन्त्र रुपमा बाच्न समेत नपाईने भन्दै शाहलाई सम्पूण नेपालीले सम्मान गर्नुपर्ने स्थानीय ललित जोशीले बताउनुभयो  ।

सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस वर्षेनि मनाईदै आएको छ  । विक्रम संवत २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन ।  बुधबार सार्वजनिक बिदा दिने विषयमा मन्त्रिपरिषदमा समेत छलफल भएको बताईएपनि यो राजनीतिक विषय भएकाले सबैको सहमति चाहिने भएपछि  बिदा नदिईएको जनाईएको छ । तर, विदेशी राष्ट प्रमुख र क्रिश्चियन धर्मको अवसरमा रातारात सार्वजनिक विदा दिने सरकारले विदा नदिएको भन्दै सर्वत्र आलोचना भएको छ । उनीहरुले राष्ट निर्माताको जन्मजयन्तीमा सार्वजनिक विदा नदिईनु लज्जास्पद र हास्यास्पद भएको राप्रपाका धनगढी उपमहानगरपालिकाका नगर अध्यक्ष तथा राप्रपा टेड युनियन केन्द्रिय उपाध्यक्ष रोम स्वारले टिप्पणी गर्नुभयो । 

पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ ।  पश्चिमा खस राज्य थियो । उनीहरु २२ टुक्रामा विभाजित थिए । त्यसपछि पाल्पाली राजा मुकुन्दसेन सिमरौनगढका ढोय जातिलाई लिएर काठमाडौं पस्न खोजेका थिए तर सकेनन् । अर्का मल्लकालीन राजा जयस्थिति मल्लले पनि एकीकरणको प्रयास गरेका थिए, तर सफल भएनन् । पछि यक्ष मल्लले एकीकरण गर्न सुरु गरे उहाका छोरा बुहारीका पालाका नेपालमण्डल तीन टुक्रा काठमाडौं, ललितपुर र भक्तपुर भयो । यसरी टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गर्नुभएको थियो । नेपाललाई २ सय वर्ष पहिले एक टुक्रा बनाउने शाहको योगदानलाई विर्सन नहुने भन्दै आगामी वर्षदे्खि पुष २७ मा पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा सरकारले नै मनाउनुपर्ने राप्रपाका केन्द्रिय सदस्य सविना शाहले  माग गर्नुभयो ।  एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्ने गरेका छन भने  उहाँको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी भएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई