2026-07-11 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छक्का पन्जा पाइरेसी गर्ने युवकले आत्महत्या गरे

2017-01-13

पुस २९, काठमाडौं । अहिलेसम्मकै इतिहास रच्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । 

नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले काठमाडौंको चावहिलस्थित विजय चोकस्थित आफ्नै कोठमा  गएराति झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान मुचुल्का गरिएको छ । ‘हामी नआएसम्म सिन्को पनि नसार्नु भनेपछि हामीले केही गरेनौं, परिवार आएपछि मात्र मुचुल्का गरिएको छ,’ गौशालाका डीएसपी नवराज कार्कीले भने ।

सुवेदीले सुसाइड नोट पनि लेखेका छन् । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनिएको छ भने बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । तर, उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन ।

शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट