माघ १, काठमाडौँ । प्रहरीले चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । 

महानगरिय अपराध महाशाखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १, काठमाडौँ । प्रहरीले चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । 

महानगरिय अपराध महाशाखा"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडीभित्र चार करोड विदेशी रुपैयाँ भेटियो, तीन चिनियाँ पक्राउ

२०७३, १ माघ शनिबार ०७:१९


माघ १, काठमाडौँ । प्रहरीले चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । 

महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो । 

उनीहरुको साथबाट दुई लाख ६० हजार अमेरिकी डलर, एक लाख १८ हजार युरो, केही मात्रामा अस्ट्रेलियन डलर, स्विस डलर र जापानी ऐनसमेत बरामद गरेको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । 

उनले भने-, “विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाको आधारमा हामीले उनीहरुलाई ठमेलबाट निगरानी गरेका थियौँ, नागढुङ्गा पुगेपछि राति साढे दुई बजे पक्राउ ग¥यौँ ।” सो रकम रसुवा नाका हुँदै चीन लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए । प्रहरीले यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः पहिलो भएको जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ