महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।

यौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।

यौ"/>

2026-08-29 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यौनसम्पर्कपछि के चाहन्छिन् महिला साथी ? जानी राखौ

महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।

यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।

समर्पित समय 

सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ ।

यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ । हिजोआज धेरैजसो पति–पत्नी कामकाजी हुन्छन्, त्यसो भएको हुँदा कति पटक सेक्स गरियोले भन्दा पनि कति सन्तुष्टि प्राप्त भयो भन्ने कुराले अर्थ राख्छ ।

एक प्रतिष्ठित निजी कम्पनीमा कार्यरत शारदा भन्छिन्, ‘अत्यन्त व्यस्त समयतालिकाका कारण म बेलुकासम्म निकै थाकिसकेकी हुन्छु तसर्थ हरेक दिन यौन सम्पर्कको इच्छा हुँदैन । यस्तो अवस्थामा श्रीमान्ले आफ्नो चाहना प्रकट गर्दा झिँजो लाग्छ ।

हरेक दिनको सट्टा हप्ताको एक दिन समर्पित समय बिताउने हो भने श्रीमान्–श्रीमतीबीच प्रेमभाव बढ्नुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।’ 

रोमान्स र यौन सम्पर्क

रोमान्स वैवाहिक जीवन एवं यौन सम्पर्कको सुरुवातका लागि अपरिहार्य मानिन्छ, तैपनि कहिलेकाहीँ महिलाहरू रोमान्स छाडेर यौनसाथीबाट केवल यौन सम्पर्कको चाहना राख्छन् । यस्तो अवस्थामा यौनसाथीले उनीहरूको मनोभाव बुझ्न सकेनन् र इच्छापिवरीत व्यवहार गरे भने महिलाहरू रुष्ट हुन्छन् । फलस्वरूप सम्बन्धमा दरार देखा पर्नसक्छ ।

नयाँ प्रयोग गर्ने चाहना

सदैव एकैनासको क्रियाकलापबाट अघाउनु मानवीय स्वभाव हो । हरेक दिन उही खाना खाँदा, उस्तै पहिरन लगाउँदा तथा हरेक दिन उही काम गर्दा मानिसलाई झिँजो लाग्नसक्छ । यो कुरा यौनको मामिलामा पनि लागू हुन्छ । तसर्थ महिलाहरू पनि पार्टनरसँग हरेक पटक सम्बन्ध गाँस्दा केही नयाँ उपायको अपेक्षा गर्छन् । नयाँ–नयाँ आसनको चाहनालाई यौनसाथीले बेवास्ता गरे महिलाहरूले बिस्तारै दूरी बढाउन थाल्छन् ।

सम्भोगपछि

प्राय: पुरुष आफू स्खलित हुनेबित्तिकै मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यस्तो व्यवहार रुचाउँदैनन् । महिलाहरू सहवासपछि पनि यौनसाथीले प्रेमपूर्ण स्पर्श, आलिङ्गन एवं आफूप्रति ध्यान दिएको रुचाउँछन् जुन कुरा अधिकांश पुरुष बुझ्न सक्दैनन् ।

एउटा प्रतिष्ठित बैंककी कर्मचारी भन्छिन्– ‘यौन सम्पर्कपछि आफूलाई रित्याएर जब मेरा श्रीमान् अर्कोतिर मुख फर्काएर सुत्छन् त्यतिबेला मलाई औडाहा हुन्छ । अचम्मको असन्तुष्टिले हैरान पार्छ र आनन्दको साटो हैरानीले अप्ठ्यारो हुन्छ । यो कुरा मैले उनलाई भनिसकेकी पनि छु तर वास्ता गर्दैनन् । यस्तै अवस्था रहे सम्बन्ध टुङ्ग्याउने हो कि भनेर विचार गर्दैछु ।’

मुड परिवर्तन

पुरुषले सदैव महिलाहरूको मनको नजिक रहन चाहने हो भने उनीहरूको इसारा बुझ्न सक्नुपर्छ । महिनावारीका क्रममा हार्मोनमा आउने परिवर्तनले महिलाहरूको मुड परिवर्तन गर्छ । यस्तो बेला कसैलाई अधिक यौनेच्छा हुन्छ भने कोही यौन सम्पर्कबाट टाढै रहन चाहन्छन् । यस्तोमा पुरुषले उनीहरूको मनोभाव बुझेर सोहीअनुरूप व्यवहार गर्ने प्रयास गर्दा सम्बन्ध दिगो हुन्छ । 

स्मार्ट टिप्स

– यौन सम्पर्कमा महिला यौनसाथीका अगाडि आफूलाई अब्बल साबित गर्ने चक्कर वा दबाबमा पुरुषहरू गम्भीर हुन्छन् । यदि यस्तो गरिन्छ भने आफ्नो व्यवहार बदल्नु आवश्यक छ किनभने – महिलाहरू अन्तरंग क्षणमा यौनसाथीसँग ठट्टा गर्ने मुडमा हुन्छन्, जसले आत्मीयता बढाउँछ ।

– अधिकांश महिला सुस्त गतिको यौन सम्पर्कलाई महत्व दिन्छन् ।

– महिलाहरू यौनसाथीसँग अश्लील कुराकानी गर्न चाहन्छन् । यस्तो बेला पुरुषहरू चुपचाप हल्लिइरहेको उनीहरूलाई निको लाग्दैन ।

– यौन सम्पर्कपछि आफूले पिल्स प्रयोग गर्नुभन्दा पुरुषले कन्डम प्रयोग गरून् भन्ने महिलाहरूको अपेक्षा हुन्छ ।

– महिलाहरू पुरुषले आफूलाई बेडरुममा कुरेर बसिरहेको भन्दा आफ्नो काममा सहयोग गरेर काम सकिएपछि अन्तरंग क्षणको मजा लिन रुचाउँछन् ।

– यौन सम्पर्कका क्रममा सार्‍है बढी तनाव तथा पीडा महिलाहरूका लागि रुचिकर हुँदैन । 

-एक अध्ययनअनुसार ७५ प्रतिशत महिला यौन सम्पर्कको सर्वोत्तम अनुभव चाहन्छन् भने पुरुषहरूबाट केही बढी नै अपेक्षा राख्छन् । साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो