माघ १, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्"/>
2026-06-26 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री अवुधावी प्रस्थान

2017-01-14

माघ १, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन्  । 

युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाई गरे । 

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्य रहेका छन । यस्तै, टोलीमा ऊर्जा मन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिवलगायतका उच्च अधिकारी पनि सहभागी भएका छन् । 

प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले युएइका राष्ट्रप्रमुख, सरकार प्रमुख एवम् उच्च अधिकारीसँग आपसी हित, द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यक्रम छ । 

शिष्टाचार महापाल अधिकारीले कूटनीतिक सम्बन्ध स्थापना भएपछि युएइमा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण यसअघि नभएको बताए । प्रधानमन्त्रीले उनका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसी हित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी गर्नेछन । 

यस्तै आगामी सोमबार समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेछन भने सोही दिन सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग आपसीहित र चासोका विषयमा छलफल गर्ने छन् । 

वैकल्पिक ऊर्जाका क्षेत्रमा युएइले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ । सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम छ । 

वैकल्पिक ऊर्जाको विकास र विस्तारमा जोड दिने लक्ष्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा ऊर्जाका क्षेत्रमा पछिल्लो दिनमा विकसित प्रविधि तथा उपकरणको समेत प्रदर्शनी गरिनेछ । 

यस्तै समिटमा ऊर्जा मन्त्री शर्माले पनि महत्वपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए । उनका अनुसार समिटमा सहभागी मुलुकका ऊर्जा मन्त्री एवम् ऊर्जा क्षेत्रका जानकारसँग नेपालको लगानीको अवसर एवम् अनुसन्धानको क्षेत्रका काम गर्न आग्रह गरिनेछ । 

वैकल्पिक ऊर्जाका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको इन्टरनेशनल रिन्युएबल इनर्जी एजेन्सीको मुख्यालयसमेत युएइमा नै रहेको सन्दर्भमा समिटबाट नेपालले महत्वपूर्ण फाइदा लिनसक्ने सहसचिव चटौतको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ