३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दुध बिक्रि नभएपछि कुराउनी बनाएर बेच्दै किसान

३ मंसिर २०७२, बिहीबार १०:०२

kurauni

नारायण भण्डारी । मंसिर ३, बर्दघाट ।
भारतले गरेको नाकावन्धीका कारण किसानहरुले उत्पादन गरेको दुध बजारमा खपत नभएपछि किसाहरुले घरमै कुराउनी
बनाएर गाउंघरमा बिक्रि गर्न थालेका छन् । लाखौ रुपैया लगानी गरेर ब्यबसायिक रुपमा पशुपालन गरेका
किसानहरु दिन प्रतिदिन निरास बन्दै गएकाछन् ।

उत्पादन गरेको दुध
ढुवानीको समस्याका कारण डेरि संचालक तथा दुग्ध संकलन केन्द्रले लिन छोडेपछि किसानहरु आफुले उत्पालन
गरेको दुध घरमै खेर फाल्नुपरेको बताएका छन् । बिगत दुई महिना भन्दा लामो समयदेखि दुघ बजारमा बिक्रि
नभएपछि सकेको घरमै खपत गर्ने र बढि भएको दुध मोलखादमा पोख्ने र खोलामा बगाउदै आएका छन् । यसरी दैनिक
रुपमा दुध खेरजान थालेपछि दुध बेचेर आफ्नो दैनिक गुजरा चलाउदै अएका किसानहरुलाई अहिले गाई बस्तुको लागि
चाहिने ब्रान,चापड किन्न पनि मुस्किल पर्नथालेको छ । लाखौ रुपैया ऋण खोजेर ब्यबसायिक रुपमा गाईपालन
गर्दै आएका किसानहरुलाई ब्याज तिर्न समेत मुस्किल परेको किसानहरुले दुखेसो पोख्ने गरेका छन् । आफुले
सहकारीबाट १४ प्रतिशत ब्याजदरमा १० लाख रुपैयां ऋण लिएर ब्यबसायिक रुपमा १५ बटा गाई पालेर दुध बेच्दै
आएका बर्दघाट ४ उपहारनगरका श्रीकृष्ण ढकाललाई पनि ब्याज कसरी बुझाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
दैनिक ६० लिटर दुध उत्पादन गर्दै आएका श्रीकृष्णले दुध बजारमा बिक्रि हुन छोडेपछि सबै दुध घरमा खपत गर्न
सम्भव नभएकोले दैनिक रुपमा कुराउनी बनाएर गाउघरमा बिक्रि गर्ने गरेका छन् । दुध बिक्रि हुदा प्रतिलिटर
५० रुपैयाका दरले ६० लिटर दुध बिक्रि गरेर दैनिक ३००० आम्दानी हुनेगरेकोमा अहिले दैनिक ७ किलो कुराउनी
बनाएर प्रतिकिलो रु ४५० मा बिक्रि गर्दै आईरहेका छन् । दैनिक १२०० देखि १५०० सम्म ब्रान चापडमा खर्च
हुनेगरेको त्यो बाहेक एक जना कामदारलाई मासिक रुपमा पारिश्रमिक दिनुपर्ने त्यसमा आफ्नो परिश्रमको लागत
जोड्नेहो भने लागत समेत नउठ्ने स्थिति आएको उनले बताए ।

दुध
बिक्रि नभएपछि कुराउनी बनाएर बेच्न थाले पनि कुराउनी बनाउन धेरै दाउरा लाग्ने र मिहेनत पनि बढि
गर्नुपर्ने भएकोले झन्झटिलो हुने गरेको उनी बताउछन् । घरमा बनाएको कुराउनी कुनै केमिकलको मिसावट नभएको
गुणस्तरिय भएपनि मिठाई पसलले समेत किन्न नमान्ने उनले गुनासो गरेका छन् । आफुले उत्पादन गरेको कुराउनी
गाउमै चिने जानेका र आफन्तहरुलाई हार गुहार गरेर बिक्रि गर्नु परेको र त्यो पनि कतिन्जेल हो निश्चित
नभएकोले पशुपालन तर्फनै मन मर्दै जानथालेको उनले बताएका छन् । श्री कृष्ण त एउटा प्रनिधि पात्र हुन
उनीजस्तै धेरै किसानहरु अहिले समस्यामा परेका छन् । नवलपरासीमा दैनिक २० हजार लिटर दुध उत्पादन हुदै
आईरहेको छ । जिल्लामा उत्पादन भएको दुधले जिल्ला भित्रकै मागलाई थेग्न नसक्ने भएकोले दुध बिक्रिमा कुनै
समस्या नआएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शंकर शाहले बताउनुभएको छ । भारतले गरेको नाकाबन्धीको
कारण पेट्रोलियम पदार्थको अभाव भएपछि दुधको ढुवानीमा समस्या भएपछि किसानहरुले उत्पादन गरेको दुध
त्यत्तिकै खेर गैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली