मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ"/>

2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अब कालोपत्रेमा छिट्टै हिड्न पाउनु हुन्छ: खनाल


मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ । 

हरपुर युवा सञ्जाल समितिको आयोजनामा आजवाट सुरु भएको खुल्ला क्रिकेट प्रतियोगिताको उद्धघाटन गर्दै नेता खनालले निर्वाचनको बेला आफुले भुतहांदेखि महेशपुर राजमार्ग जोडने बाटो कालोपत्रे गराउने बाचा गरेको र अहिले उक्त कार्य तिब्र रुपमा जारी रहेको बताउदै छिट्टै यस क्षेत्रका जनताले उक्त कालोपत्रे बाटो हिड्न पाउने बताउनु भयो ।

नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहेका नेता खनालले प्रतियोगिताको उद्घाद्धन गर्दै समाजमा भएका बिकृतिको नियन्त्रण गर्न युवाहरुको ठुलो भुमिका रहेकाले सो तर्फ पनि युवाहरुको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनु भयो । 

कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले प्रतियोगिताको सम्पुर्ण पुरस्कार आफुले दिने घोषणा गरेपछि आयोजक समितिका युवाहरु हर्षित भएका छन् भने प्रतियोगिताको दर्ता सहयोग शुल्कवाट जुटेको रकम समाजिक क्षेत्रमा खर्च गर्ने बताएका  छन् । 

सांसद बिक्रम खनालको प्रमुख आतिथ्य तथा आयोजक समितिका अध्यक्ष जहांगिर अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रिय सभापति दिनेशमणि पटेल , हरपुरका ईकाई सभापति नरेन्द्र यादव , पुर्व गाविस अध्यक्ष रामनगिना सिंह लगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना ब्यक्त गर्नु भएको खेलका संयोजक रञ्जीत शर्माले जानकारी दिनुभयो । प्रतियोतिगितामा आज भएको खेलवाट हुसैनी क्रिकेट क्लब परसीयाले बिजयी यात्रा सुरु गरेको छ । 

परसीयाले अन्नपुर्ण मावि बुटवललाई हराउदै बिजयि बनेको हो । प्रतियोगितामा प्रथमलाई साईकल स्पोर्ट ड्रेस र द्धित्तियलाई स्पोर्ट ड्रेस सहित सम्पुर्ण खेलाडिलाई शिल्ड ,मेड र प्रमाणपत्र पुरस्कार राखिएको छ भने प्रतियोगितामा भारत र नेपालका गरि मात्र १८ टिमको सहभागिता रह्ने खेलका संयोजक रञ्जीत शर्माले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा