सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं ।  तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं ।  तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा ह"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सावधान ! लगातार हाई आउनु गम्भीर रोगको संकेत पनि हुनसक्छ

३ माघ २०७३, सोमबार ०७:०१

सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गरेका छौं ।  तर हाई आउने कारण त्यत्तिमै सिमित भने छैन् । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा हाई आउनुले गम्भीर स्वास्थ्य समस्याको संकेत गर्ने समेत बताएका छन् ।आखिर के कारणले आउने रहेछ त बढी हाई ? 

१. मुटुमा समस्या : धेरै हाई आउने व्यक्तिलाई मुटुमा समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन धेरै मिहनेत गर्नुपर्छ । त्यस्तो बेलामा छिन छिनमा हाई आउछ । कहिलेकाँही यस्तो अवस्था आईरहँदा हृदयघात समेत हुनसक्छ ।

२. थाइराइडमा समस्या : छिन छिनमा हाई आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हार्मोन कम भयो भने पनि यस्तो असर देखिन सक्छ ।

३. नशामा समस्या : हाम्रो शरीरको नशामा समस्या अर्थात नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउदा होस गरौँ ।

४. निन्द्राको समस्या :  निन्द्रा पुरा भएन भने वा स्लीप एप्निया नामक डिअर्डर भएका व्यक्तिलाई पनि असामान्य रुपमा धेरै हाई आउने समस्या देखिन्छ ।

५. शक्तिमा कमी : शरीरमा शक्ति कम हुँदा थकाई लाग्छ । यस अवस्थामा शरीरमा इनर्जी लेभल बढाउन धेरै अक्सिजन चाहिन्छ । यसैले पनि बढी हाई आउछ ।

६. औषधिको साईडइफेक्ट: कतिपयलाई औषधिको साइड इफेक्टले पनि बढी हाई आउने गरेको पाइन्छ ।

७. फोक्सोमा समस्या : ब्रेनमा अक्सिजनको मात्रा कम र कार्वनडाईअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाई बढी आउछ । जसले गर्दा ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निक्लन्छ ।

८. तनाव : कतिपय अनुसन्धानको दावी छ कि तनाव बढ्दा मस्तिस्कको तापक्रम बढ्छ । यसले पनि हाई अलि बढी आउछ । यसरी हाई आउदा मस्तिस्कमा धेरै अक्सिजन आउछ र दिमाग ठंडा हुन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ