माघ ३, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपा"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब चैत्रमा चुनाव हुने संभावना टर्यो: मन्त्री पाण्डे

३ माघ २०७३, सोमबार ११:०५

माघ ३, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले भने,‘अब चैत्रमा चुनाव हुने संभावना टर्यो, मैले चाहीँ कुनै संभावना देखेको छैन ।’ यद्धपी उनले दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने समेत सरकारको तयारी रहेको खुलासा गरे ।

साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पाण्डेले दलहरुको सहमतिमै सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने जनाए। उनले भने,‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भए लगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं, त्यसको लागि अहिले दलहरुसँग छलफल भैरहेको छ।’

उनले चुनाव कहिले गर्ने भन्ने कुरा अहिले भन्नुभन्दापनि मनशुनभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने विश्वास दिलाए । उनले निर्वाचनसम्बन्धी ऐन/विद्येयकहरु संसदमा टेबुल भैसकेकोले अब ती विद्येयकहरुलाई फाष्ट ट्रयाकबाट पारित गराएर भएपनि चुनावको वातावरण जतिसक्दो चाँडो बनाउने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए । उनले मनशुन अगाडि स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि अन्य तहको निर्वाचन गर्ने कुरा जनाए ।

मन्त्री पाण्डेले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक आवश्यक परे आवश्यक परिमार्जनसहित पारित गराएर भएपनि असन्तुष्टहरुको माग सम्बोधन गर्ने कुरामा वर्तमान सरकार गम्भिर रहेको बताए । उनले भने,‘अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आएको छ, केही लचकता देखाएको छ, त्यसैले मधेशी मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्छ भन्ने कुरामा हामी बढि केन्द्रित छौं, अहिले त्यसैको लागि सरकारले काम गरिरहेको छ ।’

त्यस्तै उनले हालै स्थानीय तह पूर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेनपनि छिट्टै मन्त्रिपरिषदमा लैजान आफूले तयारी गरेको जनाउँदै भने,‘अबको क्याविनेटमा म त्यो प्रतिवेदन लैजाँदैछु, त्यसपछि त्यसलाई राजपत्रमा छापेर अघि बढाईन्छ ।’ उनले प्रतिवेदन राजपत्रमा छापिईसकेपछि स्वतः कार्यान्वयन हुनेसमेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता