माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण ग"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिवंगत पत्रकार बोहराकी पत्नी ममतालाई १० लाख ३५ हजार सहयोग

३ माघ २०७३, सोमबार १३:५३


माघ ३, काठमाण्डौं । दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी र नागरिक समाजका तर्फबाट संकलित १० लाख ३५ हजार आठ सय ७१ रुपैया हस्तान्तरण गरिएको छ ।

ममता बचाउ अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक संघ( अको¥याव)का ७ प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले आज १० लाख ३५ हजार आठ सय रुपैयाको चेक दिवंगत पत्रकार बोहराकी पत्नी ममतालाई भक्तपुरस्थित डेरामा हस्तान्तरण गर्नुभएको हो । दिवंगत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि धनगढीमा जनस्तरबाट संकलित यो अहिलेसम्मकै ठूलो धनराशी हो । यसअघि सोही अभियान अन्तर्गत नेपालगञ्जबाट संकलित ५८ हजार एक सय २० रुपैया दुई साता अघि हस्तान्तरण गरिएको थियो । 

ममता बचाउ अभियानका सदस्य उपाध्यायले सामाजिक सञ्जाल, पत्रिका र रेडियो मार्फत दिवंगत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि सहयोग गर्न आह्वान गरेपछि धनगढीमा स्वस्र्फुत रुपमा बिभिन्न संस्था र व्यक्तिहरुले सहयोग गरेको बताउनुभयो ।

उहाँले ममता बचाउ अभियानमा सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण गर्दा भक्तपुरस्थित दिवंगत पत्रकार बोहराकी पत्नी ममताको डेरामा उहाँका भाई, भतिजा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

करीव एक महिना अघि ममता बचाउ अभियान शुरु गर्दा केही सञ्चारकर्मी र नागरिक समाजका सदस्यहरु मात्र यसमा सहभागी थिए । तर विस्तारै समाजका सबै तह र तप्काका व्यक्तिहरु यो अभियानका हिस्सा बनेका थिए । हरेक क्षेत्र र पेशाका व्यक्तिहरुले यो अभियानमा सहभागिता जनाउदै आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेका थिए । 

ममता बचाउ अभियानमा हरेक तह तप्काका व्यक्तिहरुले आआफ्नो क्षमता अनुसार सहयोग प्रदान गरेको उपाध्यायले बताउनुभयो ।  कतिपयले फेसबुक मार्फत त कतिपयले पत्रपत्रिका मार्फत दिवगंत पत्रकार बोहराकी पत्नीको अवस्था र उहाँलाई बचाउन थालिएको ममता बचाउ अभियानका बारेमा जानकारी पाएपछि स्वस्र्फुत रुपमा सहयोग गरेका थिए ।

यसरी सहयोग गर्नेमा पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, पेशाकर्मी, व्यवसायी र सर्वसाधारण रहेका छन् । मनकारी व्यक्तिहरुले सय रुपैया देखि ७० हजार रुपैयासम्म सहयोग गरेका छन् । कसैले आफ्नो जन्मदिनको अवसरमा त कसैले बिबाहको बर्षगाँठको अवसरमा दिवगंत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि आफ्नो क्षमता अनुसार सहयोग गरेका थिए । कतिपयले आफ्नो परिवारको दिवगंत सदस्यको सम्झनामा ममता बचाउ अभियानमा सहयोग गरेका थिए । 

ममता बचाउ अभियान दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममता बोहराको उपचारका लागि सहयोग जुटाउन थालिएको अभियान हो । दुबै मृगौला खराव भएकी पत्नी ममताको उपचारका क्रममा काठमाण्डौंमा रहेकै बेला करीव दुई महिना अघि नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष तथा न्यूज २४ टेलिभिजनका पूर्व सुदूरपश्चिम व्युरो प्रमुख कर्ण बोहराको मृत्यु भएको थियो । बोहराको मृत्युपछि बिचल्लीमा परेकी बोहरा पत्नी ममताको उपचारका लागि ममता बचाउ अभियान शुरु गरिएको हो । 

दिवगंत पत्रकार बोहराकी पत्नी ममताको उपचारका लागि नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सामुदायिक रेडियो प्रशारक संघका प्रदेश नम्बर ७ का अध्यक्ष दीर्घराज उपाध्याय नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष डीआर पन्त, उमीद बागचन्द, केन्द्रीय सदस्य दिल बहादुर छत्याल, न्यूज २४ टेलिभिजनका सुदूरपश्चिमका व्युरो प्रमुख दीपक उपाध्याय, सुदूर सन्देश दैनिकका प्रकाशक सम्पादक हेमन्त पौडेल, दिनेश एफएमका समाचार प्रमुख शिवराज शिवराज भट्ट, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष टेकेन्द्र देउवा, गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्यारा, एसटीएस टेलिभिजनका बिराज रोस्यारा, साहित्यकार पदमराज जोशी प्रभात लगायतका सञ्चारकर्मीको अगुवाईमा ममता बचाऊ अभियान शुरु भएको हो ।

उक्त अभियानमा नागरिक समाजका तर्फबाट कृषि विकास बैंक क्षेत्रीय तालिम धनगढीका पूर्व प्रमुख जनकराज पाण्डेयले अगुवाई गर्नुभएको थियो ।  यसअघि पत्रकार बोहरा  जिवित छदा एक लाख ३९ हजार रुपैया सहयोग गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता