माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

ने"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा पुगेकी राज्यमन्त्री मल्लले भनिन- ‘बजेट समयमै खर्च गरिसक्नुस’

३ माघ २०७३, सोमबार १६:१८


माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा आज पार्टी कार्यालय लिबाङमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

उहाँले मन्त्रालयबाट गरिने विकास निर्माणका काममा रुकुम र रोल्पालाई तलमाथि नगरी समान व्यवहार गर्ने समेत बताउनुभएको छ । कार्यक्रममा मल्लसँगै पूर्वराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गोपालजीजङ्ग शाह, नेविसङ्घका केन्द्रीय सदस्य तारक केसीलगायतको टोली रोल्पा आइपुगेको हो । 

नेपाली काँग्रेस रोल्पाका सभापति एवम् सांसद अमरसिंह पुनले राज्यमन्त्री मल्लको कार्यकालको सफलताको शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको थियो । 

यसैबीच, कार्यालयको बजेट समयमै खर्च गर्न निर्देशन दिन कार्यालय निरीक्षणका लागि रोल्पा आउनुभएकी मल्लले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पालाई कार्यक्रमको लक्ष्यअनुसार निर्धारण गरिएको बजेट समयमै खर्च गर्न निर्देशन दिनुभएको छ । 

भवन डिभिजन कार्यालयमा भएको कार्यक्रममा कार्यालयका प्रमुख ईश्वरराज जोशीले बहुवर्षीय गुरुयोजना समयमा स्वीकृत भएमा मात्र कार्यक्रम अगाडि बढाउन तथा निर्धारितसमयमा काम सम्पन्न गर्न सहज हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह