माघ ४, कञ्चनपुर | सोमबार बेलौरी नगरपालिकाको वडा समायोजनको विषयलाई लिएर नेकपा एमालेका नेता पल्लव राज भट्ट माथि हात पात गरिएको छ । बेलौरी नगरपालिकामा वडा समायोजनको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, कञ्चनपुर | सोमबार बेलौरी नगरपालिकाको वडा समायोजनको विषयलाई लिएर नेकपा एमालेका नेता पल्लव राज भट्ट माथि हात पात गरिएको छ । बेलौरी नगरपालिकामा वडा समायोजनको"/>
2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कांग्रेस निकट कार्यकर्ताबाट एमाले नेता भट्ट कुटिए

माघ ४, कञ्चनपुर | सोमबार बेलौरी नगरपालिकाको वडा समायोजनको विषयलाई लिएर नेकपा एमालेका नेता पल्लव राज भट्ट माथि हात पात गरिएको छ । बेलौरी नगरपालिकामा वडा समायोजनको विषयमा बोलाईएको बैठकमा सहभागि हुन गएका नेता भट्टलाई नेपाली काग्रेस निकट कार्यकर्ताहरुले हातपात गरेको एमाले नेता भट्ले बताउनु भयो । उनले भने मँ नगरपालिकामा भित्र प्रवेश गदै गर्दा आफु माथि काग्रेसका कार्यकर्ताहरुले आक्रमक शैलीमा कुटेको बताए । 

भट्ट अनुसार यस अगाडि नगरपालिकामा सबै दलका प्रतिनिधिले १५ वटा वडालाई १० वडामा समायोजन गर्ने भनि सहमति भएको र हस्ताक्षर गरी जिल्ला विकास समितिलाई बुझाएको तर पछि आफुहरुलाई सहमतिको निणर्यको बारेमा थाहा नपाएको भन्दै अरु दलका पार्टि प्रतिनिधिले भने पछि मलाई एक्लै निणर्य गरेको भनि आरोप लगाए, मैले त्योसो हैन भने पछि मलाई लखेट्दै-लखेट्दै कुटेको उनले बताए ।

यस्तै उता पट्टी नेपाली काग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं वडा समायोजन संघर्ष समितिका संयोजक गोवि प्रसाद उपाध्यायल भने पल्लव भट्टले निणर्यको प्रस्ताव बोर्ड बैठकमा ल्याएको र त्यसमा कुनै पनि पार्टीका प्रतिनिधि सहमत नहुदा नहुदै पनि जिल्ला विकास समिति मार्फत स्थानिय तह पुनसंरचना आयोगमा फर्जि हस्ताक्षरको कागज बनाई पाठाईएको भन्दै आफुहरुले नकुटेको तर जनताले कुटपिट गरेको बताए । उहाले भने कुटपिट एकै पक्षबाट नभएको तर दुवै पक्षले हातपात गरेको बताए ।

उता यसरी दुवै पक्षले आफुहरुमा माथि हातपात भएको भन्दै ईलाका प्रहरी कार्यालय बेलौरीमा आवश्यक कार्वाहीका लागि निवेदन दर्ता भएको र घटनाको बारेमा थप अनुसान्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज किशनानन्द भट्टले जानकारी दिनु भयो । 

नेता भट्ट माथि हातपात भए पछि सोमबार नगरपालिकाको सभा कक्षमा बस्ने भनिएको वडा समायोजनको विषयमा बैठक समेत निष्कर्ष विहिन बनेको बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन सिह कार्कीले जानकारी दिनु भयो । मैसिर १४ गते बसेको सर्ब दलिय सर्व पक्षिय बैठकले निणर्य गरी सबैको सहमतिमा स्थानिय तह पुर्नरसंरचना आयोगमा नगरपालिकाले निर्णय पठाईएको कार्यकारी अधिृत कार्कीले जानकारी दिनु भयो । 

यसरी बेलौरी नगरपालिकामा प्रतिनिधित्व गर्ने अन्य पार्टीका नेताहरुले हामिहरुलाई झुक्याएर एमाले नेता भट्टले फर्जि कागजी निणर्य गरी आयोगमा पठाएको बताउदै आएका छन् । नगरपालिका भित्र रहेका १५ वटै वडा कायम हुनु पर्छ भन्दै केहि दिन अगाडि नेपाली काग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति उपाध्याय लगात हस्ताक्षेरित एक ज्ञापन पत्र बेलौरी नगरपालिका मार्फत  नेपाल सरकार स्थानिय तह पुर्नसंरचना आयोगलाई पठाएको छ । उक्त ज्ञापन पत्र मार्फत १५ वटा यथावत हुनु पर्ने र वडा समायोजन गरिएमा जनता कडा आन्दोलन गर्ने समेत भनिएको छ । यसरी वडा समायोजनको विषयलाई लिएर हात पात भए पछि नेपाली काग्रेस र एमाले विच बेलौरी नगरपालिकामा प्रतिनितिधत्व गर्ने  दलहरुमा विवाद चर्किएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता