Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रोल्पा काँग्रेसले आधुनिक पार्टी कार्यालय बनाउने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, रोल्पा । नेपाली काँग्रेस रोल्पाले आधुनिक पार्टी कार्यालय निर्माण थालनी गरेको छ ।

करिब रु तीन करोड ५० लाख लगानीमा निर्माणाधीन सो कार्यालय तीन वर्षभित्र सम्पन्न गरिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

सांसद विकास कोषबाट रु ५० लाख, पार्टी गाउँ कमिटीबाट रु एक÷एक लाखका दरले रु ५० लाख, विदेशमा रहेका रोल्पालीबाट रु ५० लाख तथा सहरी विकास मन्त्रालय एवम् शान्ति मन्त्रालयबाट समेत सहयोग प्राप्त हुने गरी भवन निर्माण गर्न लागिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले बताउनुभयो ।

अपाङ्गमैत्री एवम् लिफ्ट प्रणालीको रहने सो भवन साढे तीन तलाको हुने बताइएको छ जसको पहिलो तलामा पार्टी कार्यालय, दोस्रो तलामा हल, तेस्रो तलामा सुशील कोइराला स्मृति गेस्ट रुम र अन्तिम तलामा पार्टी सभापतिको निजी आवास रहने भएको छ ।

दिवङ्गत पूर्व पार्टीसभापति सुशील कोइराला जिल्ला भ्रमणका दौरान कहिल्यै होटल तथा लजमा नबसी कार्यकर्ताको घरमा बस्ने गरेको हुँदा उहाँको स्मरणमा पार्टीले गेस्ट रुम वनाउन लागेको सभापति पुनले बताउनुभयो ।

यसैगरी, पार्टीले जिल्लामा रहेका भ्रातृ सङ्गठनका लागि छुट्टै भवन निर्माण गरिरहेको नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री ‘तोरावोरा’ले जानकारी दिनुभयो । रासस