६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दुतावासको भात खाएर संशोधनको कुरा गर्नेलाई जेल हालौ’

५ माघ २०७३, बुधबार ११:१३

माघ ५, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए ।

उनले भने, संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन, ल अहिले आएर दुईचार जना मेधेशका ठालु नेताले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन्, यदि निर्वाच नगरे देश दन्दमा जान्छ ।’

रावलले संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक नभएको भन्दै मधेसी मोर्चाका नेताहरुलाई तराइ मधेशका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।

उनले भने,‘संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन हामीले एकपल्ट संशोधन गरिसक्यौँ अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौँला,यदि मधेशि नेताको हिम्मत छ भने,आउनुस् चुनावमा जाऔ, मधेसमा हाम्रो पार्टीले ४० सिट जितेको हो ।

उनले निर्वाचनका लागि सरकारलाई आफ्नो पार्टी नेकपा (एमाले) पूर्ण रुपमा सहयोग गर्ने बताए ।  उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको अहिले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको उल्लेख गरे ।

मधेसी मोर्चाका नेताले तपाईँलाई जेल हाल्नुपर्छ भनिरहेका छन् नी भन्ने सञ्चाकर्मीको जिज्ञासामा रावलले जवाफ दिदै भने,‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन्, नेपालको कानुनले तिनलाई जेल हाल्नुपर्छ यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस्।’

नेता रावलले नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेका छन् । 

गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित, केही पत्रकारहरु लगायतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफुले थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको बताए ।

उनले मधेसी मोर्चाका पराजित नेताहरुले जनताबाट पराजित भएपछि विदेशी दुतावासमा गई भात खाएर मधेसको कुरा गरेको आरोप लगाए । उनले सुन तस्करीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । 

पहिला संविधान विद्येयक संसदमा टेबुल भएपछि निर्वाचनमा जाने भने अहिले टेबुल भएपछि परिमार्जनको कुरा गरिरहेका छन् परिमार्जनबाट के आर्जन गर्न खोजेको हो प्रस्ट छैन । संसदमा कुनै पनि हालतमा विद्येयको बिषयमा छलफल गर्न नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा