दलसिंह गिरी/माघ ५, कालिकोट । सञ्चारमा आएको क्रान्तिकारी परिवर्तन संगै नेपाल सरकारको हुलाक सेवा ओरालो लाग्दै आएको बताउनु हुन्छ जिल्ला हुलाक कार्यालय कालिकोटका प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ ५, कालिकोट । सञ्चारमा आएको क्रान्तिकारी परिवर्तन संगै नेपाल सरकारको हुलाक सेवा ओरालो लाग्दै आएको बताउनु हुन्छ जिल्ला हुलाक कार्यालय कालिकोटका प्र"/>
2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

गुमनाम बन्दै हुलाक सेवा

दलसिंह गिरी/माघ ५, कालिकोट । सञ्चारमा आएको क्रान्तिकारी परिवर्तन संगै नेपाल सरकारको हुलाक सेवा ओरालो लाग्दै आएको बताउनु हुन्छ जिल्ला हुलाक कार्यालय कालिकोटका प्रमुख श्यामभक्त आचार्य । 

कुनैबेला हरेक हुलाक कार्यालयमा व्यक्तिगत चिठी आयात निर्यात निकै ठूलो संख्यामा हुने गथ्र्यो तर अहिले छिटफुटमा सरकारी चिठीपत्र र २।४ वटा पत्रपत्रिका बाहेक अन्य कुनै पनि आदान प्रदान हुन नसकेको आचार्य बताउनु हुन्छ ।

बढ्दो संचार क्षेत्रको विकास संगै आजभोली एनसेल, नमस्ते स्काई लगायतका टेलिकम सेवा र एडिएसएल, ओडलिंक जस्ता अनलाईन सेवा, इमेल इन्टरनेट जस्ता प्रभावकारी सेवाका कारण मानिसहरुले ‘यहाँ मलाई सञ्चै छ, त्यहाँ तिमीलाई कस्तो छ ।’भनी पत्र लेखिरहनु पर्दैन, त्यसैले पनि हुलाक सेवाको महत्व घटेको कार्यालय प्रमखु आचार्य बताउनु भएको छ ।

नेपाल सरकारले हुलाक सेवालाई अलि परिमार्जनको लागि नेपाल सरकारले देशभर टेलिमेडिसियन सेवा सुरु गरे पनि कालिकोटमा यसको कुनै प्रभावकारी नदेखिएको आचार्यको भनाईछ । जिल्लाका ३ वटा क्षेत्र जिल्ला सदरमुकाम मान्म, मेहलमुडी र रास्कोट क्षेत्रमा विगत ७ बर्ष पहिले टेलिमेडिसियन सेवा विस्तार गरेपनि अहिल कम्प्युटर, फोटोकपी फ्याक्स प्रिन्ट मेसिनरी सामान जामभएका कारण सेवा सुचारु हुन नसकेको आचार्य बताउनु हुन्छ ।

प्रति टेलिमेडिसिय १ जना कम्प्युटर अप्रेटर कार्यरत रहेपनि जिल्ला हुलाकमा कार्यरत अप्रेटर बाहेक अरु अहिले त्यतिकै कार्यालयको अन्य काम गरेर बस्नु परेको वहाको भनाई छ । हुलाक सेवालाई आधुनिक र प्रभावकारी गराउन नेपाल सरकार हुलाक विभागको कुनै नयाँ विधि नअपनाई पुरातन सोचाईमा अगाडी बढेकाले हुलाकको विश्वसनीयता हट्दै गएको, हाल करिव जिल्लामा मात्र १ सय २३ जना कर्मचारी सामान्य रुपमा परिचालन हुन परेको कार्यालय प्रमुख आचार्य बताउनु हुन्छ ।

सरकारी मन्त्रालय तथा उनी मातहतका सरकारी कार्यालयले समेत सरकारी सेवाको रुपमा रहेको हुलाक सेवाको विश्वसनीयता खस्कीने गरी निजी कुरियर सेवा मार्फत चर्को शुल्क रितेर चिठी आदान प्रदान गर्ने गरेका कारण पनि हुलाक सेवा जिरो स्थीतिमा आएको वताउनु हुन्छ । 

जिल्लामा हाल सेवाको नाममा लोकसेवाआयोगको अनलाईन फारम भर्ने, फोटोकपी, प्रिन्ट सेवा, हुलाक टिकट विक्रि सेवा र सामान्यतया स्थानीय स्तरमा पत्रपत्रिका साथै छिटफुट चिठीपत्रको डेलिभरी गर्ने काम भैरहेका अब नेपाल सरकार तथा संचार मन्त्रालयले हुलाक सेवा प्रभावकारीताको लागि हुलाक सेवाकै लागि यातायातको विकास गर्नुपर्ने आजको पहिलो आवश्यकता रहेको प्रमुख आचार्यको भनाई छ ।

तर यता सुचना र प्रविधिको जस्तो विकास भएपनि हुलाकको महत्व र यसको उपयोग कहिल्यै नसकिने कान्तिपुर दैनिकका उप सम्पादक तुलाराम पाण्डे बताउनु हुन्छ । अमेरिका, युरोप जस्तो विकसित देशमा समेत हुलाकको महत्व अझै कायमै रहेको बताउदै सामानहरु एउटा सहरबाट अर्काे सहरमा पार्सल गर्न, आधिकारिक पत्र पठाउन विकसित देशहरुमा यसको उपयोग हुने गरिरहेको वहाको दावी छ । तर नेपालमा भने हुलाक सेवाको प्रभावकारीता ओझेलमा पर्नु सरकारी निकायको ब्यवास्तथा रहेको बताउदै यस्तै तरिकाले हुलाक सेवा चल्ने हो भने राज्यको आर्थिक भारमात्र रहने पाण्डेले बताउनु भएको छ  ।

विश्वमा १८७४ बैद्धानिक तरिकाले स्थापना भएको हुलाक सेवा नेपालमा भने सन १९५६ मा स्थापना भएको पाईन्छ । सरकार आफैले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ५ वटा क्षेत्रीय हुलाक निर्देशनालय छन् । यी मध्ये मध्यमाञ्चल बाहेकका ४ वटाले जिल्ला हुलाकको समेत काम गर्छन् । 

७५ जिल्लामा जिल्ला हुलाक कार्यालय छन् । इलाका हुलाक कार्यालयको संख्या ८ सय ४२ छ । यी मध्ये १ सय ७० ओटा हिमाली क्षेत्रमा छन्, ३ सय ७२ पहाडी क्षेत्रमा र ३ सय तराई क्षेत्रमा छन् । देशभर ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन् । ४ सय ९२ हिमाली क्षेत्रमा, १ हजार ५ सय ४१ पहाडी क्षेत्रमा र १ हजार ४१ अतिरिक्त हुलाक कार्यालय तराई क्षेत्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल