कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सहमती भएसम्म नयाँ संरचनामै निर्वाचन: नेता जोशी

६ माघ २०७३, बिहीबार ०२:३७


कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ । 

नेपाली काँग्रेशका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशिले संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य रहेको भन्दै राजनितिक सहमती भएसम्म नयाँ संरचना अनुसार नै स्थानिय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । 

मधेश लगातका क्षेत्रमा भएको असन्तुष्टिको कारण नयाँ संरचनाको निर्वाचनमा सहमती नभएपनि स्थानिय निर्वाचन रोक्न नहुने बताउनुभो । जोशिले लामो समयसम्म स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा विकास निर्माण, शुसासन जस्ता कुरा अबरुद्ध हुन पुगेको बताउनुभयो । 

केन्द्रिय सदस्य जोशिले पार्टि केन्द्रको पछिल्लो निर्णय र कार्ययोजना तथा जिल्ला, गाउँ, नगर हुँदै वडामा पार्टिको अवस्था र गतिविधिका बारेमा बास्तविक अवस्थाको रिपोर्ट संकलन लगायतको बारेमा जानकारी गराउनुभएको थियो । जोशिले स्थानिय स्तरमा पार्टिलाई एक ढिक्का बनाएर संगठन सुधार गर्दै निर्वाचनका लागि तयार रहन आग्रह गर्नुभयो । 

जिल्ला सभापती दिपेन्द्र थापाले विगत २० बर्षदेखि स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा तल्लो तहमा लोकतन्त्रको अभ्यास हुन नसकेको भन्दै कुनैपनि बाहनामा जनप्रतिनिधिको निर्वाचन रोक्न नहुने तर्क गर्नुभयो । 

कार्याक्रममा निर्वाचन क्षेत्र नम्बर–३ का २० गाविसका सभापती तथा गाविस प्रतिनिधि र भातृसंगठन तरुण दल, नेविसं, नेपाल महिला संघका प्रतिनिधिले आफ्नो गाविसको बारेमा रिपोर्टिङ गरेका थिए । उनिहरुले गाविसमा पार्टि संगठनको अवस्था, पार्टि गातिविधि सहित आफ्नो धारणा राखेका थिए । 

अधिकारीचौर गाविसबाट बोलेका हिमनाथ कुँवर मधुले आफ्नो गाविसमा बाढी पहिरोले ठुलो क्षेती पुगेपनि बाढि पहिरो प्रभावित क्षेत्र घोषित हुन नसकेको गुनासो गर्नुभयो । कुँवरले पार्टिमा ब्यक्तिबादी शैली बढेको भन्दै त्यसको अन्त्य गर्न माग माग गर्नुभयो । 

तमानका सभापती झकबहादुर बुढाले निर्वाचन क्षेत्र नम्बर–३ मा नेतृत्व विचमा भएका अन्तरद्वन्द्वका कारण संगठन कमजोर भएको भन्दै त्यसको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । बुढाले सांसाद र क्षेत्रीय सभापती विचको विवादले संठन कमजोर भएको बताउनुभयो । 

भिमगिठेका सभापती कृष्ण गुरुङले पार्टि ब्यवस्थापनमा अनुसान हराउँदै गएको भन्दै पाटिं संरचना राम्रो र बलियो बनाउन गाउँ तथा वडा तहसम्म अनुसासन र गोपनियता कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रम पार्टि जिल्ला सभापती दिपेन्द्र थापाको अध्यक्षता, जिल्ला सदस्य तथा ईलाका संयोजक गण्डकी थापा अधिकारीको स्वागत र जिल्ला सचिव नबराज पौडेलको सञ्चालनमा भर्ईरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह