कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक"/>

2026-09-19 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सहमती भएसम्म नयाँ संरचनामै निर्वाचन: नेता जोशी


कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ । 

नेपाली काँग्रेशका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशिले संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य रहेको भन्दै राजनितिक सहमती भएसम्म नयाँ संरचना अनुसार नै स्थानिय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । 

मधेश लगातका क्षेत्रमा भएको असन्तुष्टिको कारण नयाँ संरचनाको निर्वाचनमा सहमती नभएपनि स्थानिय निर्वाचन रोक्न नहुने बताउनुभो । जोशिले लामो समयसम्म स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा विकास निर्माण, शुसासन जस्ता कुरा अबरुद्ध हुन पुगेको बताउनुभयो । 

केन्द्रिय सदस्य जोशिले पार्टि केन्द्रको पछिल्लो निर्णय र कार्ययोजना तथा जिल्ला, गाउँ, नगर हुँदै वडामा पार्टिको अवस्था र गतिविधिका बारेमा बास्तविक अवस्थाको रिपोर्ट संकलन लगायतको बारेमा जानकारी गराउनुभएको थियो । जोशिले स्थानिय स्तरमा पार्टिलाई एक ढिक्का बनाएर संगठन सुधार गर्दै निर्वाचनका लागि तयार रहन आग्रह गर्नुभयो । 

जिल्ला सभापती दिपेन्द्र थापाले विगत २० बर्षदेखि स्थानिय निकाय जनप्रतिनिधि विहिन हुँदा तल्लो तहमा लोकतन्त्रको अभ्यास हुन नसकेको भन्दै कुनैपनि बाहनामा जनप्रतिनिधिको निर्वाचन रोक्न नहुने तर्क गर्नुभयो । 

कार्याक्रममा निर्वाचन क्षेत्र नम्बर–३ का २० गाविसका सभापती तथा गाविस प्रतिनिधि र भातृसंगठन तरुण दल, नेविसं, नेपाल महिला संघका प्रतिनिधिले आफ्नो गाविसको बारेमा रिपोर्टिङ गरेका थिए । उनिहरुले गाविसमा पार्टि संगठनको अवस्था, पार्टि गातिविधि सहित आफ्नो धारणा राखेका थिए । 

अधिकारीचौर गाविसबाट बोलेका हिमनाथ कुँवर मधुले आफ्नो गाविसमा बाढी पहिरोले ठुलो क्षेती पुगेपनि बाढि पहिरो प्रभावित क्षेत्र घोषित हुन नसकेको गुनासो गर्नुभयो । कुँवरले पार्टिमा ब्यक्तिबादी शैली बढेको भन्दै त्यसको अन्त्य गर्न माग माग गर्नुभयो । 

तमानका सभापती झकबहादुर बुढाले निर्वाचन क्षेत्र नम्बर–३ मा नेतृत्व विचमा भएका अन्तरद्वन्द्वका कारण संगठन कमजोर भएको भन्दै त्यसको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । बुढाले सांसाद र क्षेत्रीय सभापती विचको विवादले संठन कमजोर भएको बताउनुभयो । 

भिमगिठेका सभापती कृष्ण गुरुङले पार्टि ब्यवस्थापनमा अनुसान हराउँदै गएको भन्दै पाटिं संरचना राम्रो र बलियो बनाउन गाउँ तथा वडा तहसम्म अनुसासन र गोपनियता कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रम पार्टि जिल्ला सभापती दिपेन्द्र थापाको अध्यक्षता, जिल्ला सदस्य तथा ईलाका संयोजक गण्डकी थापा अधिकारीको स्वागत र जिल्ला सचिव नबराज पौडेलको सञ्चालनमा भर्ईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई