दिनेश ठकुल्ला/माघ ६, धनगढी । नेपाल प्रहरीको असई बनाइ दिने प्रलोभन दखाई साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीको जोशीपुरबाट एक जनालाई पक्राउ गरेको छ । इल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ ६, धनगढी । नेपाल प्रहरीको असई बनाइ दिने प्रलोभन दखाई साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीको जोशीपुरबाट एक जनालाई पक्राउ गरेको छ । इल"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी असइ बनाउने भन्दै लाखौं ठगी गर्ने कैलालीमा पक्राउ

६ माघ २०७३, बिहीबार १४:४५

दिनेश ठकुल्ला/माघ ६, धनगढी । नेपाल प्रहरीको असई बनाइ दिने प्रलोभन दखाई साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीको जोशीपुरबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख एवं इन्स्पेक्टर प्रकाशजङ्ग शाहका अनुसार जोशीपुर गाविस वडा नं.–७ जोशीपुरका ३४ वर्षीय भोजराज डगौरालाई ठगीको आरोपमा पक्राउ गरी आज कैलाली जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरिएको छ । 

भोजराजले नेपाल प्रहरीको असइ बनाइ दिने भन्दै कैलालीको टीकापुर नगरपालिका वडा नं.–९ का २४ वर्षीय ठाकुरप्रसाद चौधरी र प्रतापपुर गाविस वडा नं.–५ का २६ वर्षीय दिनेश चौधरीबाट पटक पटक गरी साढे ७ लाख रूपैया ठगी गरेको प्रहरीले जनाइएको छ । 

प्रहरीका अनुसार ठाकुरप्रसाद र दिनेशबाट भोजराजसहित ठेगाना नखुलेका रूद्र राणाले उक्त रकम असुलेका हुन् । ठगीको आरोप लागेका डगौरा र राणाले चौधरीहरूबाट पटक पटक नगद र आइएमइबाट साढे ७ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका सई निरक रावलका अनुसार डगौरालाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले आज ७ दिनको म्याद थप गरेको छ । यस्तै कैलालीको दोदोधरामा सालको चार गोलिया काठ सहित एक व्यक्तिलाई पक्राउ गरिएको छ । 

इलाका प्रहरी कार्यालय बौनियाँबाट गस्तीका लागि खटेको प्रहरी टोलीले लु २ त ९९ नम्बरको ट्रयाक्टरमा काठ लुकाएर लगिरहेको अवस्थामा कोटातुल्सीपुरका ट्रयाक्टर चालक अभिषेक साउँदलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्ति, काठ तथा ट्रयाक्टरलाई आवश्यक कारबाहीको लागि इलाका वन कार्यालय बौनियाँमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैबीच, आजै धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ पुरानो भन्सारबाट भन्सार छलि भित्र्याइएको ५० किलो माछा बरामद गरिएको छ । 

भारतबाट अवैध रुपमा भित्र्याइएको छिद्रा माछा प्रहरी चौकी त्रिनगरबाट गस्तीमा खटेको प्रहरी टोलीले बरामद गरेको थियो । बरामद माछा माछामासु व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव, पशु क्वारेण्टाइन, स्थानीय व्यक्ति लगायतको रोहबरमा नष्ट गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह