माघ ७, प्युठान । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ भएको बताएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, प्युठान । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ भएको बताएक"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिता गर्नेहरू नै पत्रकार हुन्: सचिव चलाउने

७ माघ २०७३, शुक्रबार ०३:०७


माघ ७, प्युठान । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ भएको बताएका छन । 

पत्रकारिता पेशामा नहुनेहरूले आफै महासंघको सदस्यता त्याग्नुपर्छ भन्दै चलाउनेले पत्रकारीता बाहेकका पेशामा रहेकाहरूले महासंघको सदस्यताको दुरूपयोग गरिदै उ कुनै विवादमा तानिए महासंघले उसको समस्या नहेर्ने बताएका छन । 

क्रान्तिकारी पत्रकार संगठन प्युठानले आयोजना गरेको मोफसलको पत्रकारीता अवसर र चुनौती विषयक अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गरेकाहरूले प्रतिफल पाउनै पर्ने बताएका हुन ।

कपि पेस्ट गरेर पत्रकारहरूले गलत गरिरहेको भन्दै चलाउनेले राज्यको सुविधा पत्रकारले लिएर राज्यका विरूद्ध जान नसक्दा समाजले प्रगति गर्न नसकेको ठोकुवा गरेका छन ।  

ऐनमा तोकिए अनुसारको तलव खाएर मात्रै संचार माध्याममा काम गर्न अनुरोध गर्दै चलाउनेले पत्रकार पनि मिडिया मालिकबाट ठगिए समाज कसरी राम्रो हुन्छ भनी प्रश्न गरेका थिए । 

पत्रकारीता गर्नेहरूका अवसरहरू धेरै भएकाले अवसरलाई पछ्याउनु पर्ने भन्दै उनले पत्रकारले क्षमता विकास गर्न जरूरी रहेको बताएका छन । अन्तरक्रियामा सहभागिहरूले पत्रकारहरूले भोगेका चुनौतीका कुरालाई महासंघका सचिवसंग राख्न पाउँदा खुशी हुँदै भएको बताएका छन । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका प्युठान अध्यक्ष गिरू भण्डारीले पत्रकार महासंघले सबै पत्रकारलाई सदस्यता दिनु पर्ने भन्दै आफुले कसैलाई नरोकेको बताएका छन । 

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा राप्ती व्युरो प्रमुख डिल्लीराज रावले सबैजनाको विचार मिलाएर जान सके मात्रै विवादहरू समाधान हुने बताएका छन । 

संगठनका प्युठान जिल्ला अध्यक्ष हरि भण्डारीको अध्यतामा भएको कार्यक्रमलाई प्रेस सेन्टरका सुशील पोख्रेल, प्रेस चौतारीका विजय भारती, प्रेस युनियनका श्रीराम भण्डारी, वास पत्रकार संघका नुमराज पौडेल, महिला पत्रकार संघका दिपा पौडेल लगायतले सम्बोधन गरेका थिए । यांक पुनले संचालन गरेको कार्यक्रमको संयोजन माडि खबर साप्ताहिकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट