३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमा समर्थन गर्ने कबुल गरेको छैन: मन्त्री खड्का

७ माघ २०७३, शुक्रबार ०९:३१

माघ ७, काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन् । 

शुक्रबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा नवनियुक्त मन्त्री खड्काले सो कुरा वताएका हुन् । 

उनले भने,‘प्रधानमन्त्रीले मलाई केही भन्नुभएको पनि छैन, मैलेपनि मलाई मन्त्री बनाईदिनुपर्यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाईएको हो भनेर यहाँ अनुमानका वायुपँखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन् ।’

मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गर्दै भने,‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेशलाई जोड्नुपर्छ भन्दा मेरो विरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्यो ।’

उनले संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए। उनले भने,‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रविकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन् ।’

उनले आफूले नेतृत्व गरेको मन्त्रालय विकासका परियोजनासँग नजोडिएको भएपनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि महत्वपूर्ण भएको उल्लेख गर्दै भने,‘८० प्रतिशत जनताको दायित्व बोकेको मन्त्रालय हो, समय कम छ, तर म काम गर्न तयार छु ।’ उनले आफ्नो लागि समय कम भएपनि यो विचमा धेरै महत्वपूर्ण काम गर्न सक्छु भन्ने आत्मविश्वास रहेको समेत बताए ।

मन्त्री खड्काले महिला हिंसा लगायतका घट्नाहरु नेपालमा धेरै भएकोले यसको लागि तत्काल उद्धार टिम निर्माण, जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नको लागि प्रत्येक टोलमा एक केन्द्र गठन गर्ने, सडक बालबालिकाहरुको लागि काम गर्ने लगायतका आफ्ना योजनाहरु रहेको र यसमा केही राम्रो काम प्रारम्भ गर्नसकेमात्रैपनि ठूलो उपलब्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट