माघ ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीले नवलपरासीले वडो उत्साहका साथ  माघ ५ गते देखि चैत्र २४ सम्मको कार्ययोजना शुरुवात गरेको छ । 

तीनमहिने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीले नवलपरासीले वडो उत्साहका साथ  माघ ५ गते देखि चैत्र २४ सम्मको कार्ययोजना शुरुवात गरेको छ । 

तीनमहिने"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ क्रान्तिकारी माओवादी नवलपरासीको तीन महिने योजना

७ माघ २०७३, शुक्रबार १६:११

माघ ७, नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीले नवलपरासीले वडो उत्साहका साथ  माघ ५ गते देखि चैत्र २४ सम्मको कार्ययोजना शुरुवात गरेको छ । 

तीनमहिने संगठन बिस्तार सुदृढीकरण तथा जनपरिचालन अभियान नाम दिइएको सो अभियानको कार्यतालिका  समेत बनाइएको छ । प्रचार समितिलाई दिइएको अभियान निर्देशिका निम्नानुसार रहेको छ ।

आन्तरिक रुपमा बनाइएको सो कार्यतालिका कार्यान्वयन गरी जिल्लामा क्रान्तिकारीले संगठन सुदृढ गर्दैछ । एमाओवादीमा छदांबाटै बैद्यको पकड रहेको मानिने जिल्ला भएकोले नवलपरासीको अभियानलाई बिशेष रुपमा हेरिएकोछ । 

अभियान निर्देशिका लिएर क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता गाउ गाउमा पुग्न थालेका छन् । पार्टीका बैठक भेलाहरु बाक्लिएका छन् । दिनहु जसो क्रान्तिकारी माओवादीका कार्यक्रमहरु सार्वजनिक भएका छन् ।

बैद्य माओवादीको बैद्यानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले समेत बिभिन्न पार्टीका नेता कार्यकर्ता आर्कषित गर्दै आएका छ भने बुद्धिजिवीहरु समेत यस मोर्चामा आबद्ध हुने क्रम बढदो छ । अभियान निर्देशिकामा  जिल्ला ईञ्चार्ज अनूकुल र सेके्रटरी संकल्पको हस्ताक्षर रहेको छ । 

 १) २०७३ माघ ६ गतेबाट १३ गतेसम्म पार्टी सदस्यता नविकरण, नयां सदस्यता आवेदन, ईलाका गाउ तथा नगर कमिटी गठन पुर्नगठन र बैठक समेत सम्पन्न गर्ने ।

२) २०७३ माघ १४,१५ र १६ गते मोटरसाइकल ¥यालीमा सहभागी हुने ।

३) २०७३ माघ १७ देखि १९ गते सम्म बिशेष आर्थिक अभियानमा एकल तथा टिमबद्ध रुपमा ब्यापकतामा जाने, संगसगै भित्तेलेखन र ब्यानर टांग्ने ।

४) फागुन १ गते जिल्लाले केन्द्रीकृत रुपमा जनयुद्ध दिवस मनाउने ।

५) फागुन २ देखि १३ गते सम्म सदस्यता वितरण नवीकरण  स्थानीय कमिटी सेल गठन/पुर्नगठन र बैठक एंव प्रशिक्षण सम्पन्न गर्ने ।

६) फागुन १४ अगावै सहिद बेपत्ता परिवार भेटघाट छलफल एंव अन्तरक्रिया गर्ने ।

७) फागुन २२ देखि ३० गते सम्म दे.ज.मो. ज.व.स. मोर्चा संगठनका जिल्ला बैठक सम्पन्न गरी इलाका कमिटी गठन पुर्नगठन गर्ने ।

८) इलाका पार्टीले इलाका अन्तरगत क्रियाशिल डिसिएम, एसिएम नगर गाउ र सेल सदस्यको लगत संकलन अध्याबधि गर्ने

९) २०७३ चैत्र १ देखि ४ सम्म स्थानीयस्तरमा कोणसभा पिढीसभा सम्पन्न गर्ने,

१०) चैत्र ५ मा बुटवलको जनसभामा सहभागी हुने ।

११) चैत्र ६ बाट २३ सम्म जिल्ला ब्यापी कोणसभा भित्तेलेखन छलफल अन्तरक्रिया लगायत कार्यक्रम सम्पन्न गर्ने ।

१२) चैत्र २४ गते केन्द्रीकृत रुपमा  जिल्लामा जनसभा गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा