पूर्ण बहादुर खड्का/माघ ७, अछाम । अछाम जिल्लाको पायल गाविस वडा नं. २ का ईन्द्र बिककी ५ बर्षिया छोरी निकिता बिकको घाँटीमा अड्केको सिक्का निकालिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्ण बहादुर खड्का/माघ ७, अछाम । अछाम जिल्लाको पायल गाविस वडा नं. २ का ईन्द्र बिककी ५ बर्षिया छोरी निकिता बिकको घाँटीमा अड्केको सिक्का निकालिएको छ । 

2026-08-29 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

घाँटीमा अड्केको सिक्का निकालेर अस्पतालले बचायो २ बालकको ज्यान


पूर्ण बहादुर खड्का/माघ ७, अछाम । अछाम जिल्लाको पायल गाविस वडा नं. २ का ईन्द्र बिककी ५ बर्षिया छोरी निकिता बिकको घाँटीमा अड्केको सिक्का निकालिएको छ । 

बिहिबार दिउसो १ बजे बिकले घाँटीमा सिक्का अड्काएपछि उसलाई बयालपाटा अस्पताल ल्याईएको थियो । आफन्तका अनुसार घरमा पाहुना आएका पाहुनाले निकिताको हातमा सिक्का दिएपछि उनले सिक्का घाँटीमा अड्काएकी थिईन् । 

सिक्का अड्केको थाह पाएपछि उनलाई अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएपछि निमित्त मेडिकल निर्देशक MDGP डाक्टर सन्तोष कुमार ढुंगानाको नेतृत्वको टोलीले बच्चाको घाँटीबाट सिक्का निकाल्न सफल भएको हो ।

डाक्टर ढुंगानाले भन्नुभयो यो एकदमै जटिल केश हो हाम्रो टिमले धेरै प्रयासपछि निकिताको घाँटीमा रहेको सिक्कालाई निकाल्न सफल भएको छ । उहाँका अनुसार यस्तो प्रकारका बिरलै मात्रमा हुने भएपनि समयमै उपचार हुन नसकेमा श्वासप्रश्वास बन्द भई मर्ने सम्भावना बढी हुन्छ, “यसका लागी नाक, कान र घाँटीको बिशेषज्ञ डाक्टरको आवश्यक्ता हुन्छ र यस्तो प्रकारको उपचार दुर्गम क्षेत्रमा असम्भव हुन्छ, तर हामी सबैको प्रयासमा बयालपाटा अस्पताममा यो उपचार गर्न सम्भव भएको उहाँको भनाई छ । सिक्का निकाल्नको लागी अछाम भन्दा बाहिर लैजादाँ ३० हजार भन्दा बढी खर्च लाग्ने डाक्टर ढुंगानाले बताउनु भयो । 

बयालपाटा अस्पतालमा पछिल्लो आर्थिक बर्षमा योसंगै २ जना बच्चाको घाँटीबाट सिक्का लिकालिएको छ । जटिल अवस्थामा सिक्का अड्काएर आएका २ जना बालकको अस्पतालले ज्यान बचाएको छ । 

 १- बच्चाको घाँटीबाट निकालिएको सिक्का ।
२- घाँटीमा रहेको सिक्का एक्सरेमा । 
३- सिक्का निकाल्न सफल भएको बयालपाटा अस्पतालको टिम । तस्वीर सौजन्य: डाक्टर सन्तोष कुमार ढुंगाना । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता