माघ ८, म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । 

प्रेस चौतारी, म्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । 

प्रेस चौतारी, म्य"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव थाँती राखे समझदारी हुन्छ: ज्ञवाली

२०७३, ८ माघ शनिबार ०५:०२

माघ ८, म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । 

प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताउनुभयो । “सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको वातावरण बन्छ” सचिव ज्ञवालीले भन्नुभयो । 

संविधान कार्यान्वयनका लागि आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबैले जितेको अनुभूति हुने गरी समझदारी कायम गराउन पहल भइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । 

निर्वाचनका लागि राजनीतिक समझदारीको वातावरण बनाउन सरकारले अग्रसरता देखाउनुपर्ने सचिव ज्ञवालीको भनाइ छ । “संविधान जारी गर्ने बेलामा एक ठाउँमा उभिएका राजनीतिक शक्तिबीच समझदारी बनेमा मधेसवादी दल असहमतिका बाबजुद पनि निर्वाचनमा सहभागी हुन्छन्” सचिव ज्ञवालीले भन्नुभयो “सरकारले स्थानीय तह, प्रदेश र राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ ।” 

विसं २०७४ माघ पहिलो हप्ताभित्र तीनवटै तहको निर्वाचन हुन नसके देश गम्भीर सङ्कटमा पर्ने चिन्ता व्यक्त गर्दै निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भएको भन्दै उहाँले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने बताउनुभयो । अनुचित तवरले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने र हुन नदिने पनि सचिव ज्ञवालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला