माघ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रह"/>
2026-06-27 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ’

2017-01-21

माघ ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सानो तिनो माछाको काम नै होईन, तस्करीमा स्वयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाठ यो काम हुनै सक्दैन् ।’

नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माँग गरे । उनले भने,‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ, अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन् ।’

उनले संविधान संशोधन विद्येयक कुनै हालतपनि पनि पारित नहुने ठोकुवा गरे । उनले भने,‘स्वतन्त्र सांसदहरुसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदारजी र कमल थापाको पार्टी जम्मा हुँदापनि यो प्रस्ताव पास हुन संभव छैन् ।’ यद्धपी उनले कमल थापा नेतृत्वको राप्रपाभित्रपनि राष्ट्र र राष्ट्रियताको पक्षमा ठूलो विवाद रहेको रहेको समेत स्पष्ट पारे ।

उनले संविधान संशोधन विद्येयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर गरे । उनले अघि थपे,‘अब जसरीपनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन, सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन ।’ उनले वर्तमान सरकारले नै संशोधन प्रस्ताव पारित हुने संभावना नभएको स्विकार गरिरसकेको समेत आरोप लगाए ।

उनले भने,‘उहाँहरुले संशोधन प्रस्ताव टेबुल गर्यौं, हाम्रो जीत भो भन्दैहुनुहुन्छ, प्रधानमन्त्री प्रचण्डजीको अन्र्तआत्मापनि यो कुरा महशुस भएको छ, अब सोचमा परिवर्तन गर्नुपर्छ।’ उनले अहिले चुनावको विकल्प नरहेको भन्दै दल चुनावको लागि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेता महासेठले एमाले पार्टीको लोकप्रियता देखेर काँग्रेसको नेतृत्वमा अहिले एमालेविरुद्ध मोर्चाबन्दी बनाउने काम भैरहेको समेत अरोप लगाए । उनले अघि भने,‘एक्ला एक्लै दल चुनावमा गए भने एमालेले बहुमत ल्याउँछ भन्ने उनीहरुलाई लागेको छ, त्यसैले बाहिरी शक्तिको ईशारामा एमाले भर्सेस काँग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने काम भैरहेको छ ।’

उनले अहिलेको सरकार एमालेको जनतामा लोकप्रियता देखेर स्थानीय चुनाव नगरीकन एकैचोटि संसदको चुनाव गर्ने खेलमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी