१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

८ माघ २०७३, शनिबार १०:१६

माघ ८, झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका –१ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नं को बसले मे १ ह १९ नं को ‘इ’ रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो । 

पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्र तर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो । बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षीय इन्दिर मगर गम्भीर घाइते हुनुभएको छ । उहाँको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । 

दुर्घटनामा संलग्न दुबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह