माघ ८, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

एमाले भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

एमाले भ"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश महिनाभित्र तीन वटै तहको निर्वाचन मिति घोषणा गर: ओली

२०७३, ८ माघ शनिबार १२:२६

माघ ८, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रममा उनले आगामी कात्तिक–मङ्सिरसम्म तीन वटै तहको निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताए । चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले भने – 'आज मेरो प्रधानमन्त्रीसँग कुराकानी हुँदैछ, म उहाँलाई भन्नेछु, सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन, चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् ।'

उनले भने, 'सरकारले एउटा चुनाव पनि गराउने कुनै सुरसार गरेको छैन, हामीले सरकार परिवर्तन सँगसँगै निर्वाचनको कार्यतालिका घोषणा गर्न भन्दै आयौँ, तर अहिलेको सरकार त्यस दिशामा केही नगरी, सिन्को नभाँचीकन गफ मात्रै गरेर बसेको छ ।'

यतिबेला विभिन्न प्रकारका शक्तिले देशलाई गलत बाटामा धकेल्न खोजिरहेको र सत्ता पक्षले देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्नसंविधान संशोधनको बाजा बजाइरहेको आरोप उनले लगाए । 

कार्यक्रममा एमालेका पोलिब्युरो सदस्य सानु श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, युवा नेता महेश बस्नेत, राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले सरकार संविधान संशोधनभन्दा पनि निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । 

सो अवसरमा एमालेका दुई हजार तीन सय ५० जना नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण गराइएको जानकारी पार्टी उपाध्यक्ष बच्चन देउजाले दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु