२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला बुर्तिबाङमा

८ माघ २०७३, शनिबार १६:१०

कृष्ण कँडेल/माघ ८, बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ अन्तरगत बुर्तिबाङ स्रोत केन्द्र स्तरिय भेला आज बुर्तिबाङमा भएको छ । 

भेलामा बोल्दै संगठनका जिल्ला उपाध्यक्ष नगेन्द्र खरेलले पछिल्लो शिक्षा ऐन संसोधनले विगत देखि शिक्षकको ठुलो समस्याका रुपमा रहेको अस्थायि शिक्षकका समस्या आंशिक रुपमा सम्बोधन गरेको बताउनुभो । 

उहाँले संसोधित ऐनको व्यवस्था अनुसार नियमावली बनाएर अस्थायि शिक्षकलाई विधि र प्रक्रिया अनुसार स्थायि गर्ने तथा उपादानमा विदाई गर्ने भन्दै यो उपलब्धि सकारात्मक भएको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा एरिया ईन्चार्ज चन्द्र अर्यालले समाज रुपान्तरण तथा सुधारमा शिक्षकको महत्वपुर्ण भुमिका हुने भन्दै पेशागत काम सहित समुन्नत समाज निर्माणको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा संगठनका जिल्ला सदस्य कुलपति सापकोटा र संजयकुमार यादबले मन्तव्य राख्नुभएको थियो । भेलाले शिबलाल सुवेदीको अध्यक्षतामा १५ सदस्यीय बुर्तिबाङ स्रोत केन्द्र स्तरिय एकीकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ कार्यसमिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा देवबहादुर सुनार, सचिव पुर्ण अर्याल, सहसचिव होमबहादुर श्रेष्ठ र कोषाध्यक्ष दालकुमारी पाण्डे रहनुभएको छ । सदस्यमा नरिश्वर पाण्डे, होममायाँ अदै, घमबहादुर सुनार, दिलकुमारी घिमिरे, पार्वती जीसी, ईन्द्रराज पौडेल र सुर्यबहादुर विक रहनुभएको छ । बाँकी ३ सदस्य पछि थप गरिने छ । 

कुलपति सापकोटा, निमबहादुर कायत र ईश्वरी अर्याल रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।  कार्यक्रममा सदस्यहरुले आफ्नो गाविस र विद्यालयको शैक्षिक अवस्था र संगठनात्म स्थीतिको बारेमा रिपोर्टिङ गरेका थिए । 

जिल्ला समितिको परिपत्र प्रेमबहादुर खत्रीले बाचन गरेर सुनाउनुभएको थियो । भेला स्रोतकेन्द्रका संयोजक शिवलाल सुवेदीको अध्यक्षता, ईन्द्रराज पौडेलको स्वागत र देबबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य