दिनेश ठकुल्ला/माघ ९, धनगढी । कैलालीको विकट पहाडी गाविसलाई तराईसंग सडक सञ्जालले जोड्ने लक्ष्यसहित शुरु भएको चौमाला–खैराला सडक निर्माण कार्य अलपत्र छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/माघ ९, धनगढी । कैलालीको विकट पहाडी गाविसलाई तराईसंग सडक सञ्जालले जोड्ने लक्ष्यसहित शुरु भएको चौमाला–खैराला सडक निर्माण कार्य अलपत्र छ । <"/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौमाला–खैराला सडक खण्ड ८ वर्षसम्म ट्रयाकसमेत खुलेन


दिनेश ठकुल्ला/माघ ९, धनगढी । कैलालीको विकट पहाडी गाविसलाई तराईसंग सडक सञ्जालले जोड्ने लक्ष्यसहित शुरु भएको चौमाला–खैराला सडक निर्माण कार्य अलपत्र छ । 

सरोकारवाला निकायको लापरबाहीका कारण निर्माण शुरु भएको एक दशक पुग्न लाग्दा पनि उक्त सडकको ट्रयाक खोल्ने कामसमेत भएको छैन । सडक निर्माणमा भएको ढिलाईले खैरालाका बासिन्दाले हिंडेर तराई झर्नु पर्ने बाध्यताको अन्त्य हुन सकेको छैन ।

सडक निर्माणका लागि पर्याप्त बजेट नछुट्याईदा गाडी चढेर तराई झर्ने खैरालाबासीको सपना पुरा हुन सकेको छैन । स्थानीयका अनुसार २०६५ सालदेखि सडकको ट्रयाक खोल्ने काम शुरु भएको हो ।

करिब २६ किलोमिटर मध्ये ८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खोलिएको सडकमा पनि वर्षायाममा गाडि चल्दैन । ढुंगा र खाल्डाखुल्डी ट्रयाक खोलिएको सडकमा पनि गाडी चलाउन मुस्किल हुने गरेको छ ।

सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था नहुँदा निर्माण कार्यले गति लिन नसकेको हो । सडक निर्माणका लागि जिल्ला विकास समिति र गाविसबाट वर्षेनी विनियोजन गरिने बजेट हात्तीको मुखमा जिराजस्तै हुने गरेको स्थानीय बताउछन ।   

सरकारी निकायबाट विनियोजन हुने बजेट ट्रयाक खोलिएको सडक सफा गर्र्नै ठिक्क हुने गरेको नेपाली काँग्रेस खैराला गाविसका सभापति टिकाराम ढुंगाना बताउनुभयो । सडक निर्माणका लागि ठूलो बजेट नहुँदा ट्रयाक खोल्ने कामसमेत झण्डै एक दशकसम्म पुरा हुन नसकेको उहाले बताउनुभयो ।

‘चौमाला–खैराला सडकका लागि हरेक वर्ष बजेट त छुट्याइन्छ तर उक्त बजेटले वर्षायाममा बिग्रने ट्रयाक खोलिएको सडक निर्माणमै ठिक्क हुन्छ ।’ उहाले भन्नुभयो–‘बजेट अभावमै सडक निर्माणले गति लिन नसकेको हो ।’ 

सडक निर्माण हुन नसक्दा खैरालाबासीले करिब ७ घण्टा पैदल हिंडेर तराई आउनु पर्ने बाध्यता छ । पुरै सडकमा ट्रयाक नखोलिएका कारण साना यात्रुवाहक सवारी साधनहरु पनि नियमित नचल्ने गरेका उहाले बताउनुभयो ।

दैनिक उपभोग्यलगायत अन्य सामाग्री खरिदका लागि स्थानीय बासिन्दा चौमाला बजार आउने गरेका छन् । खैराला गाविस–४, बैसेनीका कमल चुनीमगरले सडक निर्माण शुरु हुँदा गाडी चढ्न पाइएला भन्ने आशा निराशामा बदलिएको बताउनुभयो ।

‘नून, तेलका लागि ७ घण्टा हिंडेर चौमाला जानुपर्ने अवस्था छ ।’ मगरले भन्नुभयो–‘सडक निर्माणमा भएको ढिलाईले स्थानीय निराश छन् ।’ सडक सञ्जालसंग नजोडिंदा खैराला गाविसका बासिन्दाले भोग्नु परेको सास्ती राजनीतिक दलका नेता र सरोकारवाला निकायले नबुझेको गुनासो स्थानीयको छ ।

चौमालादेखि कटौजेसम्म १८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको छ । उक्त सडकमा यात्रुवाहक सवारी साधन चल्छन तर नियमित भन्नुभयो नचल्ने स्थानीयको भनाई छ । 

ट्रयाक खोलिएको सडकले पनि चौमाला आउन–जान निकै सहज भएको उल्लेख गर्दै अर्का स्थानीय लक्ष्मी मगरले गाविससम्म सडक पु¥याएर सवारी साधन नियमित संचालन हुने व्यवस्था गर्नुपर्ने माग गरिन । 

कटौजेसम्म गाडिमा जान सकिने भएकाले अहिले खैराला पुग्न पहिलेजस्तो दिनभर हिंड्नुपर्ने अवस्था भन्नुभयो नरहेको उहाले बताइन । 

उपचारका लागि गाउँमा सुविधा सम्पन्न अस्पताल छैन । सिटामोलसमेत मुस्किलले पाईने स्वास्थ्य चौकीमा सबै रोगको उपचारको व्यवस्था छैन । यातायातको सुविधा नहुँदा गम्भीर बिरामीलाई डोकोमा राखेर चौमाला पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

उकालो र भीर भएकाले हिंडेर आवतजावत गर्न पनि निकै कठिन रहेको खैराला–४, बैसेनीका कमल चुनिमगरले बताउनुभयो । भीर र चट्टानका कारण ट्रयाक खोल्ने कार्य अघि बढ्न सकेको छैन । बजेट कम हुँदा चट्टान फुटाउन समस्या भएको हो ।

विगतका वर्षको तुलनामा यस वर्ष भन्नुभयो सडक निर्माणका लागि बजेट केही बढी परेको स्थानीयको भनाई छ । सडक विभागले ७५ लाख र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । 

उक्त बजेट पनि चट्टान फुटाउनका लागि पर्याप्त हुने हो कि होईन भन्ने चिन्ता स्थानीयमा रहेको काँग्रेस गाउँ सभापति ढुंगानाले बताउनुभयो । बम विष्फोट गराएर चट्टान फुटाउनुपर्ने भएकाले नेपाली सेनासंग समन्वय गरिदिन स्थानीय बासिन्दाले खैराला पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसंग आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रिजालले विस्फोटक पदार्थका लागि सेनासंग समन्वय गर्ने र सडक निर्माणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

चालु आर्थिक वर्षमा उक्त सडक निर्माणमा केही प्रगति हुने कैलालीका स्थानीय विकाश अधिकारी केशव प्रसाद बिमलीले बताउनुभयो । उहाले उक्त सडक निर्माणका लागि विभागबाटै बजेटको व्यवस्था भएको उल्लेख गर्दै चौमाला–खैराला सडक निर्माणले गति लिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई