५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिटर बिगारी ठगी गर्ने प्राधिकरणका सुपरभाइजरसहित १६ जना पक्राउ

९ माघ २०७३, आईतवार ११:५१


माघ ९, काठमाडौं । ग्राहकसँग मिलेर विद्युत मिटर बिगार्दै ठगी गरेको आरोपमा विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मिटर उल्टो घुमाउने, मुनाफा खाने, ग्राहकसँग मिलेर कम विद्युत खपत देखाई कमिशन खाने गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा ८ जना मिटर रिडर, पाँच जना उद्योगी, २ जना प्राविधिक, र एक जना सुपरभाइजर रहेको प्रहरीले जनाएको छ । उनीहरुले लामो समयदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम राजश्व घाटा पारेको प्रहरीले दाबी गरेको छ । 

दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।

हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको र अझै केही पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता